विप्लव नेतृत्वको नेकपा नेतृ उमा भुजेल धरौटि बुझाएर रिहा भएलगत्तै पुनः पक्राउ, कहाँ लगिदैँ छ ?

विप्लव नेतृत्वको नेकपा नेतृ उमा भुजेल धरौटि बुझाएर रिहा भएलगत्तै पुनः पक्राउ, कहाँ लगिदैँ छ ?

  • बिहिबार, जेष्ठ १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 20.6K
    SHARES

धनुषा, १५ जेठ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीर्की केन्द्रीय सदस्य उमा भुलेल शिलु रिहा भएलगत्तै पुनः पक्राउ परेकी छिन् ।
जिल्ला अदालत धनुषाले धरौटिमा रिहा गरेलगत्तै प्रहरीले पुनः पक्राउ गरेको हो ।
आज जिल्ला अदालतको इजलास नम्बर ५ मा भएको सुनुवाईपछि जिल्ला न्यायधिस तीर्थ राज के.सीको एकल इजलासले नेतृ भुजेललाई ३० हजार धरौटिमा रिहा गर्न आदेश दिएको अदालतका श्रेस्तेदार यज्ञ प्रसाद आचार्यले जानकारी दिए ।

भुजेललाई बम विस्फोट सम्बिन्धी मुद्धा लगाईएको थियो । थुनछेक बहसका क्रममा अधिवक्ता कपिलचन्द्र पोख्रेल, चितवन वारका निवर्तमान अध्यक्ष गोपिलाल देवकोटा, अधिवक्ताहरुमा गंगा कोईराला, नारायण गिरी, कला त्रिताल, पेशल न्यौपाने, बिनोद कुमार तिमिल्सिनाले नेतृ भुजेलको पक्षमा बहस गरेका थिए ।

धरौटि तिरेलगत्तै उनलाई पुनः धनुषा प्रहरीले पक्राउ हो । भुजेललाई पक्राउ पूर्जीबिनै पक्राउ गरेपछि अदालत परिसरमा केहिबेर तनाव उत्पन्न भएको थियो । अदालतको आदेशमा रिहा भईुकेको अवस्थामा पुन बिना पक्राउ पूर्जी पक्राउ गर्न खोजीएको भन्दै कानुन व्यावसायी र भुजेलले पनि पूर्जी दिन माग गरेका थिए ।

उता धनुषाका प्रहरी प्रमुख एसपि रमेश बस्नेतले नेतृ भुजेलको अन्य जिल्लाहरुमा पनि मुद्धा रहेकाले पक्राउ गरिएको जानकारी दिए ।
यसअघि झापा जिल्ला अदालतले पनि उनलाई १ लाख धरौटिमा रिहा गर्ने आदेश दिएको थियो । पुनः पक्राउ गर्ने तयारी गरिएपछि धरौटि नबुझाएर जिल्ला कारागार चन्द्रगढीमा बसेकी थिईन् ।
तर यहि जेठ ११ गते धरौटि बुझाएर रिहाइ भए लगत्तै प्रहरीले उनलाई पुनः पक्राउ गरि धनुषा लगेको थियो ।

नेतृ भुजेललाई प्रहरीले गत पुस १२ गते सुनसरीको चक्रघट्टिबाट प्रहरीले गिरफ्तार गरेको हो ।उनलाई काठमाडौं र कैलालीमा अर्को मुद्धा रहेकाले ती मध्ये एक ठाउँ लैलाने तयारी गरिएको बुझिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ