नेपालमा कोरोना संक्रमण तीव्र बन्दै , एक हजार ४२ पुगे संक्रमित

नेपालमा कोरोना संक्रमण तीव्र बन्दै , एक हजार ४२ पुगे संक्रमित

  • बिहिबार, जेष्ठ १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

जेष्ठ १५ काठमाडौं । शुरुमा त्यति संक्रमण र क्षति नदेखिए पनि अब कोरोनाले उग्र रुपमा संक्रमण बढाउन थालेको छ । आज मात्रै उक सय ५६ जना नयाँ संक्रमित थपिएका छन् । यो सगैँ देशभर संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका हुन् ।

सोलुखुम्बु र दोलखामा आज नयाँ सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए । सङ्क्रमति भएका जिल्ला अहिलेसम्म ५१ पुगेको उहाँले जानकारी दिए । सङ्क्रमण देखिएकामध्ये ९४० र महिला १०२ जना रहेका छन् ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका ३२ र ४७ जना पुरुष छन् । यसैगरी कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका १६ वर्षदेखि ४२ वर्षसम्मका २५ जनामा सङ्क्रमण देखिएको छ । भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुरका १९ वर्षका एक जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोशगालामा गरिएको परीक्षणमा ७७ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो । तीमध्ये धनुषाका २९ जना रहेका छन् । चार वर्षीया बालिका र आठ वर्षीय बालक तथा १४ देखि ७० वर्ष उमेर समूहका २५ पुरुष र दुई महिला छन् ।

महोत्तरीका १७ जना रहेका छन् । तीमध्ये ४५ वर्षीया एक महिला र पुरुष १६ जना १५ देखि ४५ वर्ष उमेर समूहका छन् । रौतहटका तीनजना पुरुष १२ देखि ३० वर्ष उमेर समूहका, सप्तरीका १२ जना पुरुष १८ देखि ४२ वर्ष उमेर समूहका, सर्लाहीका सातजना पुरुष सातदेखि ३२ वर्ष उमेर समूहका र सिराहाका छ जना पुरुष १४ देखि ४० वर्ष उमेर समूहका छन् ।

यसैगरी दोलखाका दुईजना १९ र २० वर्षका पुरुष रहेका छन् । सोलुखुम्बुका २६ वर्षका पुरुष र बझाङका ५५ वर्षका पुरुष रहेका छन् । यसैगरी सुर्खेत प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा २३ जनामा सङ्क्रमण देखिएको छ । बझाङका एकजना पुरुष ३४ वर्षका, सुर्खेतमा १३ जना रहेका छन् । सुर्खेतमा दुई पाँच वर्षीया बालिका रहेका छन् । अन्य ११ देखि ३७ वर्ष उमेर समूहका सातजना पुरुष र २२ देखि ३९ वर्ष उमेर समूहका चारजना महिला छन् । तीमध्ये एकजना बोल्न नसक्ने महिला रहेकी छन् ।

दैलेखमा आठ जना रहेका छन् । एक जना २० वर्षीया महिला र सात जना १७ देखि ४० वर्षीय पुरुष रहेका छन् । यसैगरी प्रादेशिक प्रयोगशाला गण्डकीमा गरिएको परीक्षणमा तीन जनामा सङ्क्रमण देखिएको छ । ती स्याङ्जा घर भएका ३९ वर्षीया महिला तथा २२ र २३ वर्षका पुरुष छन् ।

सेती अस्पतालको प्रयोगशालाको परीक्षणमा थप तीन जनामा सङ्क्रमण देखिएको छ । दार्चुलाका एक जना २५ वर्षीय पुरुष र कैलालीका दुई जना २५ र ३० वर्षीय पुरुष रहेका छन् । किटजन्य प्रयोगशाला हेटौँडामा गरिएको परीक्षणमा मकवापुरका एक जना ५० वर्षका पुरुषमा सङ्क्रमण देखिएको छ ।

भेरी अस्पताल प्रयोगशालमा गरिएको परीक्षणमा चार पुरुषमा संक्रमण देखिएको छ । तीमध्ये नेपालगञ्जका एक जना २८ वर्षका र बर्दियाका तीन जना पुरुष २५ देखि ३४ वर्षका उमेरका छन् । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये रौतहटका आठ वर्षीया बालकदेखि ४० वर्षका पुरुष रहेका छन् ।

सङ्क्रमति व्यक्तिमध्ये प्रदेश नं। १ का आठ जिल्लाका १२९, प्रदेश नं २ का सबै आठ जिल्लाका ४१५, वाग्मती प्रदेशका १२ जिल्लाका ४४, गण्डकी प्रदेशमा चार जिल्लाका १७, प्रदेश नंं ५ का नौ जिल्लाका ३६९, कर्णाली प्रदेशमा तीन जिल्लाका ४७ र सुदूरपश्चिम प्रदेशका सात जिल्लाका २१ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा देवकोटाले अहिलेसम्म १८७ जना डिस्चार्च भई घर फर्किएका छन । प्रदेश नंं १ मा ३०, प्रदेश नं २ मा १०१, प्रदेश नं। ३ मा ११, गण्डकी प्रदेशमा दुई, प्रदेश नं। ५ मा ३८ र सुदूरपश्चिम प्रदेशमा पाँच जना डिस्चार्ज भएका छन् ।

अहिलेसम्म पिसिआर परीक्षण ६० हजार ६९६ जनामा गरिएको छ । गत २४ घण्टामा पिसिआर दुई हजार ४१९ र आरडिटी सात हजार ७४७ जनामा गरिएको छ । यसैगरी क्वारेन्टिनमा ४६ हजार ५७ जना र आइसोलेसनमा ८५० जना रहेका छन् ।

अहिलेसम्म कोरोनाका कारण ५ जनाको मृत्यु भएको छ भने कुल १८७ जनाले कोरोना जितेर घर फर्किएका छन् । जसमध्ये १४४ पुरुष र ४३ महिला छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ