सांसद यादवको सक्रिय पहलः नारायणी अस्पताल आधुनिक बन्ने, डेढ अर्बको टेन्डर आब्हान्

सांसद यादवको सक्रिय पहलः नारायणी अस्पताल आधुनिक बन्ने, डेढ अर्बको टेन्डर आब्हान्

  • बिहिबार, जेष्ठ १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.4K
    SHARES

काठमाडौँ ,जेठ १५ । बीरगञ्ज स्थित नारायणी अस्पताल अब देशकै नमुना अस्पतालको रुपमा स्तरोन्नती हुने बाटो खुलेको छ । यो पुरानो उपक्षेत्रीय अस्पतालमा हाल कोरोना संक्रमितको उपचार भईरहेको छ ।
यस अस्पताललाई केन्द्रिय अस्पताल अन्तर्गत ५ सय बेडको नयाँ अस्पताल बनाउन यस अघि अदालतमा परेको मुद्धाका कारण रोकिएको थियो । तर अब त्यो हटेसगैँ ढेड अर्ब रुपैयाको लागतमा बन्न लागेको अस्पताल निर्माणको बाटो खुलको सो क्षेत्रका सांसद प्रदीप यादवले बताएका छन् ।
तत्कालिन शहरि विकास मन्त्री मोहमद ईस्तयाक राई र पर्साका चारवटै निर्वाचन क्षेत्र सांसदहरुको टोलिले केन्द्रिय अस्पताल बनाउन माग गरेका थिए ।
आफनै कार्य कालमा यस अस्पताललाई देशकै नमुना अस्पताल बनाउने लक्ष्य लिएर अगाडी बढेका सांसद यादवकै पहलमा तत्कालिन स्वास्थ्य मन्त्री उपेन्द्र यादवसंग उप–क्षेत्रीय अस्पतालबाट केन्द्रिय अस्पतालमा परिणत गराएका थिए ।

नेपाल सरकारको सार्वजनिक खरिद ऐन तथा नियमावलीमा २०७६ वैशाख ३० गतेको शंसोधनले मूल नियमको नियम ३१ ङ को (१०) मा रहेको एक अर्बलाई दुई अर्ब कायम गरिएको थियो ।
सोहि शंसोधित नियमावली बमोजिम बोलपत्रको अन्तिम म्याद थपका लागी २०७६ साल जेठ २१ गते शंसोदित नियमावली बमोजिम बोलपत्र प्रस्ताव पेश गर्न सार्वजनिक सूचना समेत प्रवाह गरिएको थियो । उक्त सूचना प्रकासित हुने बितिकै उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजमा मुद्दा दायर भएको थियो । जसले गर्दा टेण्डर रोकिएर काम प्रभावित भएको थियो ।

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयका ईन्जीनियर धिरेन्द्र यादवका अनुसार मुद्दा फर्छौयट गर्दै अस्थायी इजलास वीरगंजले दुबै पक्षको लिखित जवाफ २०७६ को असोज २५ गते सघन सहरी तथा भवन निर्माण आयोजनालाई निर्माण व्यवसायीलाई सार्वजनिक खरिद नियमवालि संसोधन हुनु अघि अनुसार नै बोलपत्र मुल्यांकन समाबेश गर्न परमादेश गरेको थियो ।
सोही अदालयतको आदेश बमोजिम उक्त एकमात्र बोलपत्रदातालाई मुल्यांकन कार्यमा समाबेश गरि मुल्यांकन गरिएको थियो । मुल्यांकन हुदाँ सार्वजनिक खरिद ९आठौँ० संसोधन नियमावली, २०७६ को नियम ६० को बुदा ९घ० बमोजिम एकमात्र बोलपत्रदाता पूर्णताको परिक्षणमा सफल हुन नसकेकोले बोलपत्र रद्ध भएको थिए । त्यहीँ रद्ध भएको बोलपत्रलाई आज कानुनि प्रावधान हट्दै अदालतले प्रकृयागत रुपमा मिति २०७७ जेष्ठ १५ गते अर्थात आज बोलपत्र अव्हान गर्न आदेश दिइसकेको आयोजना कार्यालयका ईन्जीनियर यादवले जानकारी गराए । आदेशसगँै आज टेन्डर आव्हान भईसकेको छ ।


३ वर्ष भित्रमा निर्माण समपन्न गर्नुपर्ने ५ तल्लेको ३ वटा ब्लक बनाईने यस बिल्डीङ्गको पुन फाउण्डेशनलाई रिभ्यू गरिएको छ । पहिलाको डिजाईनलाई थोरै मोडिफाई गरेर अझै आधुनिकतालाई प्राथमिकता दिएको कार्यालयका ईन्जीनियर यादवले बताए ।
नयाँ भवनमा एकसयवटा आधुनिक बेड सहितको शौचालय, व्यक्तिगत वार्ड, चिकित्सक वार्ड, अक्सिजन प्लान्ट, ७ वटा अपरेशन थिएटर, स्तरिय शौचालय, वाटर ट्रिटमेन्ट र ग्राउण्ड एरियामा रुख विरुवा सहितको निर्माण हुने योजनामा रहेको छ ।
१ सय बेडमा ३ वटा ब्लक, ३ हजार ३ सय स्क्वार मिटरको ग्राउण्ड एरिया रहेको ५ तल्ले बिल्डङ्गमा गार्डेनिङ्ग रुखहरु रोप्ने लगायतको कामहरु हुनेछ । केन्द्रिय अस्पताल परिणतसंगै २ सय बेड चल्दै आएको अस्पताललाई तत्कालै ३ सय बेड सञ्चालन गराइएको थियो । कुल ५ सय बेड सञ्चालन हुने अस्पतालको दोस्रो बजेट तथा सरकारीस्तरमा मेडिकल कलेज सञ्चालनका लागी यहाँका राजनितिक दल नेता र सांसदहरु सक्रिय रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ