गड्डाचौकीबाट किरियापुत्री सहित तीन दिनमा पाँच हजार भन्दा बढी भित्रिए

गड्डाचौकीबाट किरियापुत्री सहित तीन दिनमा पाँच हजार भन्दा बढी भित्रिए

  • बिहिबार, जेष्ठ १५, २०७७
  • डम्मर राज भट्ट

  • 17.4K
    SHARES

कञ्चनपुर, १५ जेठ । लकडाउन पछि संचालनमा आएको पश्चिम नेपाल कञ्चनपुरको गड्डाचौकी नाकाबाट बुधबार एक क्रिरियापुत्री सहित एक हजार ५ सय ८६ नेपाली स्वदेश भित्रिएका छन् । भने २ सय ५४ जना भारतीय नागरिक बाहिएका अर्थात भारत गएका छन् ।
बुधबार मात्रै नेपालबाट भारत भित्रिने भन्दा भारतबाट नेपाल भित्रिएका ५ गुण बढि छन् । चार घण्टाको अवधिमा भारत जाने भन्दा एक हजार ३ सय ३२ जना बढि नेपाली स्वदेश भित्रिएका छन् । बाजुरा सुर्योदय गाउँ घर भएका शुशिल विक क्रिरियापुत्री सहित मंगलबारको तुलनामा ८ सय ९१ बढि नेपाली स्वदेश भित्रिए ।
गुजारा चलाउन भारत उत्तराखण्डको पिथौडागडमा रहेका शुशिलका बाबु सात दिन अघि बितेका थिए । ‘म पिथाडागढ बस्ने, बाबु अलमोडा थिए, ‘शुशिलले भने, ‘बुवा बिरामी हुनुहुन्थ्यो, एक्कासी बित्नुभयो ।’ भारतमै क्रिरिया बसेका शुशिल बनबासादेखि गड्डाचौकी नाका खुलेसंगै मातृभूमि आएको बताए ।
‘बाबु भारतमै वित्नुभयो, ‘नाका पनि खुल्यो, ‘उनले भने, ‘अर्काको देशमा क्रिरिया बस्नुभन्दा आफ्नै देशमा बस्छु भनेर आएको हुँ ।’ घरमै बसेर आफ्नो परम्परा अनुसार क्रिरिया बस्ने उनले बताए । १३ दिन चोखिने शुशिलका आधा दिन अर्थात ६दिन जति घरपुग्ने लाग्ने देखिन्छ । कोरोना कहरले शुशिल जस्ता हजारौँ नेपाली नागरिकको भारत ९परदेश०मा बेहाल भएको छ । रोजगारी गुमेपछि पैदलै उनीहरु नालाबाला सहित ल्याएर सीमा क्षेत्रमा पुगिरहेका छन् । तीन दिनको अवधिमा गड्डाचौकी नाकाबाट ४ हजार ९ सय १८ नेपालीलाई भित्र्राईएको छ ।

गड्डाचौकी पुगेका नेपालीलाई सम्बन्धीत स्थानीय तह र जिल्लासंग समन्वय गरेर स्थानीय प्रशासनले गन्तव्यसम्म पु¥याईरहेको छ । डेढ रकम भाडा लिएर प्रदेशबाट फर्किने नेपालीलाई महेन्द्रनगरका स्थानीय यातायात व्यवसायीले गन्तव्यसम्म पु¥याईरहेका छन् । कोरोनाको संक्रमित देश भारतबाट फर्किका नेपालीलाई सीमा क्षेत्रमा समान्य ज्वँरो चेकजाँच गरेर पठाईन लागेपछि कोरोनाको संक्रमण बढ्ने देखिएको छ । भारतबाट फर्किएका तीन जनामा आरडिटी पोजेटिभ देखिएपछि उनीहरुलाई महाकाली अस्पतालमा राखिएको छ । पिसिआर विधिबाट कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको अस्पतालले जनाएको छ । तीन दिनसम्म गड्डाचौकी नाकाबाट भित्रिएका नेपालीमा १०२डिग्री समेत बढि ज्वँरो नदिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति बीरसिह शाहुले बनबासा भएर गड्डाचौकी पुगेकालाई एकमुष्ठ सम्बन्धी जिल्ला र पालिकामा पठाईन लागेको बताए ।


‘सीमा क्षेत्रमा पुगेका सबै नेपालीको स्वास्थ्य परीक्षण गरि रहेका छौँ, ‘उनले भने, ‘कसैलाई ज्वरो बढि देखिए त्यही आरडिटी गर्ने, त्यहाँ पोजेटिभ देखिए पिसिआर परीक्षण गर्ने र पिसिआर गछौँ, तर आजसम्म कसैलाई पनि देखिएन ।’
सीमा क्षेत्र पुगेका नेपाली हरिविजोग अवस्थामा पुगेका छन् । उनीहरु भारतबाट पैदलै भोकभोकै र नहरको फोहोर पानी पिएर नेपाल पुगेका हुन् । मातृभूमि पुग्दा युद्ध नै जितेर आए जस्तो लागेको उनीहरुले अनुभव पोखेका छन् । बिन्दाशैनी नगरपालिका १ दैलेखका बालाराम आचार्य लुवाघाटबाट मजदुरुरी गरि पैदले टनकपुर पुगेका थिए ।‘उताबाट हामी भोकभोकै पैदल टनकपुर पुगे, ‘उनले भने, ‘भारतले त्यहाँ हामीलाई क्वारेन्टाईनमा राख्यो, क्वारेन्टाईनको बसाई पनि राम्रो थिएन, अहिले उद्दार भएपनि खुसीको सीमा नै छैन् ।’
महिलाहरुले कोखमा साना साना बालबालिका बोकेर आएका छन् । भारतको बागेश्वरमा मजदुरी गर्दै आएका भगवती जिसीसंग तीन बर्षिया सानो बालक छन् । ति बालक उनका छोरा हुन् । ‘गुजारा चलाउन सन्तान लिएर ६ महिना अघि भारत पसेको थिए, ‘उनले भनिन, ‘लकडाउनका कारण काम बन्द भएपछि स्वदेश फर्किए ।’ सात दिन हिडेरै बनबासा पुगेको बताउदै उनले नेपाल पुग्दा खुसी व्यक्त गरिन् ।
एकातिर सानो सन्तानको स्याहारसुहार अर्कोतिर रोगसंग लडेर हिड्नुपर्ने र त्यसमा पनि भारतीय प्रहरीको अबरोध छिचोक्दै उनी बनबासा पुगेकी थिईन् । बनबासा पुग्दा पानी नपाएरै नहरको पानी खान बाध्य भएको उनको दुखेसो छ । भगवती जिसी जस्तै महिला पनि नालाबाला सहित सकसका विच मातृभूमि पुगेका छन् । पुरुष भन्दा सीमा क्षेत्र नेपाल पुगेका महिलाको ह्दयविदारक कथा थियो । भारतबाट नेपाल प्रवेस गरेका अधिकाँस सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला, कर्णाली प्रदेश, ५ नम्बर प्रदेशका स्थानीय थिए ।
स्थानीयले भारतबाट फर्किएकाको सीमा क्षेत्रमै पिसिआर त्यो सम्भव नभए क्वारेन्टाईनमा राखेर पिसिआर विधिबाट कोरोना परीक्षणमा जोडदिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ