गड्डाचौकी नाकाबाट तीन सातामा आठ हजार बढि नेपाली भित्रिए, तीन सय २६ भारतीय बाहिरिए

गड्डाचौकी नाकाबाट तीन सातामा आठ हजार बढि नेपाली भित्रिए, तीन सय २६ भारतीय बाहिरिए

  • बुधबार, जेष्ठ १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

डम्मर राज भट्ट
कञ्चनपुर, १४ जेठ
कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि दक्षिण एसियाका (नेपाल–भारत) दुवै देशमा दुई महिनादेखि लकडाउन गरिएको छ ।
नेपालमा ११ चैत्र ०७६ मा लकडाउनसंगै सीमा क्षेत्रमा वैधानिक रुपमा आवत जावत बन्द गरिएको थियो । औपचारिक रुपमा नेपाल भारत प्रवेसको मुख्यद्वारा कञ्चनपुरको गड्डाचौकी बन्द गरिएपनि आउनेक्रम भने रोकिएको थिएन् ।
लकडाउन यता १३ जेठ ०७७ सम्म तीन साताको अवधिमा लुकिछिपी नेपाल प्रवेस रोकिएन् । स्वयम गड्डाचौकी नाका भएर लकडाउन पछि चैत्र महिनामै ६ दिन नेपाली प्रवेस गरेका थिए । ११ चैत्र ०७६ देखि १८ चैत्रसम्म विभिन्न मितिमा ६ दिन एक हजार २ सय ५९ जनाले नेपाल प्रवेस गरेका थिए ।
चैत्रमा क्रमस ११ मा ५ सय २२, १२ मा १२०, १३ मा ७८, १५ मा १ सय ३१, १६मा ३३७, १८मा ७२ जना गरि एक हजार २ सय ५९ जनाले प्रवेस गरेका हुन् ।

१८ चैत्र ०७६ देखि कञ्चनपुरको १ सय २९.५ किलोमिटर सीमा पुर्णसिल गरियो । त्यसयता कोही पनि नेपाली प्रवेस गर्न पनि पाएनन् । भारतीयले पनि भारत प्रवेस गर्न पाएनन् ।
सशस्त्र प्रहरी बलले सरकारको निर्देशन अनुसार १८ चैत्रदेखि २८ बैशाख ०७६ सम्म सीमा नाका पूर्ण सिलबन्द ग¥यो । ४० दिन जिल्लाको नाका पूर्ण सिलबन्दी भयो । भारतमा अन्तर प्रदेशमा यातायात खुलागरेसंगै २८ बैशाख ०७७ देखि नेपालीहरु ह्वात्तै र भारतीय पनि छिटपुछट स्वदेश फर्किन थाले । सीमा क्षेत्रमा थोक्नै नसकिने भिडभएपछि जहाँको सीमा क्षेत्र पुगेका नेपालीलाई त्यही रोकेर सम्बन्धीत पालिका र जिल्लामा पठाईयो । २८ बैशाखदेखि ११ जेठ ०७७ सम्म विभिन्न मितिमा तीन हजार ४ सय ६१ नेपालीले मातृभूमि प्रवेस गरे । १३ दिनको अवधिमा कञ्चनपुरका विभिन्न नाका भएर तीन हजार ४ सय ६१ जना नेपालीले जिल्ला प्रवेस गरेका छन् । २८ बैशाख ७५, २९मा १६९, १ जेठमा ३, ३मा ६३, ४ मा ६०, ५ मा १५, ६मा ४२०, ६मा २१७, ८मा २६५, ९मा २७६, १०मा एक हजार ७ सय ४९ जनाले प्रवेस गरेका हुन् । १२ जेठमा दुई हजार ७सय ५४ र १३ जेठमा ६सय ९५ जनाले नेपाल प्रवेस गरेका छन् ।
भारतमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउनका लागि स्थानीय प्रशासनले १२ जेठदेखि कञ्चनपुरको गड्डाचौकी नाकाबाट प्रवेस गर्न अनुमति दियो । अनुमति दिएसंगै दुई दिनको अवधिमा तीन हजार ४ सय ४९ ले नेपाल प्रवेस गरे ।


२१ दिनको अवधिमा ८ हजार १ सय ६९ जना नेपालीले नेपाल प्रवेस गरेका छन्, भने ३ सय २६ जना भारतीयले भारत प्रवेस गरेका छन् । नेपाल बाट भारत प्रवेस गरेका भन्दा भारतबाट नेपाल प्रवेस गर्ने २४ गुणा बढि रहेको पाईएको छ । तीन साताको अवधिमा ८ हजार बढि नेपालीले कञ्चनपुरका विभिन्न नाका भएर नेपाल प्रवेस गरेका थिए । नेपाल प्रवेस गरेका केहीको पिसिआर परीक्षण गरिएको छ । भने केहीको आरडिटी र अधिकाँसको ज्वरो नापेर पठाईएको छ । १२ जेठदेखि गड्डाचौकी नाकाबाट प्रवेस गराईएकाहरुको ज्वँरो नापेर सम्बन्न्धीत स्थानीय तह र जिल्लामा पठाईएको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले पिसिआर सम्भव नभएकाले सीमा क्षेत्रमा ज्वरो नाप्ने र १०२ डिग्री बढि ज्वँरो देखिएपछि उनीहरुको रेपिष्ट टेष्ट गर्ने र रेष्टिबाट पनि पोजेटिभ देखिए तत्तकाल स्वाब नमुना संकलन गरेर परीक्षणको तयारी गरिएको बताए । दुईदिनदेखि वैधानिक नाका संचालनमा आएपछि अन्य कुनैपनि नाकाबाट नेपाली प्रवेस नगरेको सशस्त्र प्रहरीले जनाएको छ । सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति बीरसिह शाहुले वैधानिक नाका संचालन आएसंगै अन्य सीमा क्षेत्रबाट आउजाउ पूर्ण बन्द गरिएको बताए । बुधबार बिहान ६ बजेदेखि १० बजेसम्म मात्रै गड्डाचौकीबाट प्रवेस गराईने छ । दुवै देशमा रोजगारीका लागि आएका नेपाली–भारतीय नालाबाला सहित आ–आफ्नो देश फर्किएका छन् । भारतीय नागरिक रिक्सा सहित नालाबाला लिएर भारत हिडेका छन् । लामो समयमदेखि महेन्द्रनगरमा बस्दै आएका कुचमुनीया समुदायका भारतीय नागरिक रिक्सामा झोलीझिम्टी सहित बालबालिका लगेर हिडेका हुन् । दुवै देशबाट आ–आफ्नो स्वदेश फिर्ता जानेले रोजगारी बन्द, समस्या भएका कारण घर फर्किन लागेको बताएका छन् ।

भारतीय भन्दा नेपालीलाई सीमा क्षेत्रमा बढि सकस भएको छ । तीन साताको अवधिमा नेपालबाट भारत जाने भन्दा भारतबाट नेपाल आउनेको २४ गुणा बढिछ । यस तथ्याङ्कलाई समाजशास्त्रका प्राध्यापकले नेपालमा बेरोजगारी एव नेपाली आत्मनिर्भर तर्फ उन्मुख नभएको संज्ञा दिएका छन् ।
महेन्द्रनगर स्थित जनज्योति बहुमुखी क्याम्पस समाजशास्त्रका प्राध्यापक बिरेन्द सिह साउदले नेपालमा बेरोजगारी नभएकै कारण भारतमा नेपालीको संख्या बढि रहेको बताए ।‘नेपालमा रोजगारीका केन्द्र छैनन, ‘उनले भने, ‘हामी आत्मनिर्भर तर्फ उन्मुख समेत भएका छैनौँ ।’ अब नेपालले आत्मनिर्भर बन्नका लागि कृषि उत्पादनमा लगानी बृद्धि गर्नुपर्ने र स्वदेशमै रोजगारीका कार्यक्रम सृजना गर्नुपर्नेमा जोडदिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ