रुकुम : डोरीले बाधिएको मृत अवस्थामा भेटिए अर्का बेपत्ता युवा !

रुकुम : डोरीले बाधिएको मृत अवस्थामा भेटिए अर्का बेपत्ता युवा !

  • बुधबार, जेष्ठ १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 32.4K
    SHARES

जेष्ठ १४ रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा युवाहरुमाथी भएको सामूहिक हत्यामा कुटपिटपछि बेपत्ता भएका भनिएका तीन जनामध्ये थप एक जनाको शव डोरीले बाधिएको अवस्थामा शसस्त्र प्रहरीले फेला पारेको छ ।
यस अघि यो गाँउलेहरुले खेदाउदा भाग्ने क्रममा भेरी नदीमा हाम फालेर मृत्यु भएको वा घटना भएको कुटेर मारेको हैन भन्ने केही जनप्रतिनिधिको दाबी बिपरीत यो प्रमाण फेला परेको छ ।
उनीहरु आफै हाम फालेका थिए भने फनफनि शरीरमा त्यत्रो डोरी कसरी बाधियो ? पीडित परिवारहरुले प्रश्न गरेका छन् ।

बेपत्ता भएका लाकेन्द्र सुनारको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले भेरी नदिमा भेटाएको प्रहरीले जनाएको छ ।
चौरजहारी नगरपालिका वडा नं ८ कि एक युवतीसगँको प्रेम सम्वन्धको विषयलाई लिएर वडाध्यक्ष डम्वरबहादुर मल्लसहित गाउँलेको संलग्नतामा सामूहिक कुटपिटपछि हत्या भएको थियो ।

जाजरकोट जिल्ला भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज बिक, सोही ठाउँका १७ वर्षीय गणेश बुढामगर र रुकुमको चौरजहारी नगरपालिका–८ का २० टीकाराम सुनारको यस अघिनै भेरी नदी किनारमा शव भेटिएको थियो ।

जेठ १० गते भएको कुटपिटमा ३ जनाको शव भेरी नदी किनारमा फेला परेको र जाजरकोट जिल्ला भेरी नगरपालिका–४ का १८ वर्षीय लोकन्द्र सुनार, १७ वर्षीय गोबिन्द शाही, २१ वर्षीय सन्दीप बिक बेपत्ता पारिएको थियो ।

लोकेन्द्र सुनारको शव डोरीले बाँधेर भेरी नदीमा बगाएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

मृतक नवराजकी प्रेमिका चौरजहारी नगरपालिका ८ सोतीकी १७ वर्षीय सुष्मा मल्ललाई बेहुलीका रूपमा भित्र्याउन शनिबार १९ युवासहित गाउँ पुगेका बेला वडाध्यक्ष मल्लसहित सोतीका गाउँलेले आक्रमण गरेर लखेट्दा उनीहरूको मृत्यु भएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएको छ ।
सारा गाँउलेहरुले तीन तिरबाट घेरा हालेर कुट्दै , खेद्दै गरे पछि बाचेर आएकाहरुले भने हत्या नै गरेर फ्याकिएको दाबी गरीरहेका छन् ।
उनीहरूले नवराज लगायतका केहीलाई कब्जामा लिएर हत्या गरी भेरीमा फालिदिएको र अन्यलाई भेरीमा पौडी खेल्ने क्रममै ढुंगा हानेर हत्या गरेको बताएका छन् । भेटिएका तीन शवमध्ये तीनै जनाको टाउकोमा गहिरो चोट लागेको, एक जनाको हातमा घरेलु हतियारको चोट, बुधबार दिउँसो भेटिएका एक युवाको हातखुट्टा डोरीले बाँधेर भेरीमा बगाएको अवस्थामा भेटिएको स्थानीयले जनाएका छन् ।

यस घटनाको चौतर्फी बिरोध भईरहेको छ । घटनामा कम्तीमा २० जना बिरुद्ध किटानी जाहेरी परेको छ भने वडा अध्यक्ष र केटीका बाबु सहित १२ जनालाई प्रहरीले पक्राउ गरीसकेको छ ।तस्विरः राजधानीदैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ