नक्सा सम्बन्धि संविधान शसोधनको कार्यसूची किन हटाईयो ?

नक्सा सम्बन्धि संविधान शसोधनको कार्यसूची किन हटाईयो ?

  • बुधबार, जेष्ठ १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

जेष्ठ १४ काठमाण्डौं । ससदको कार्यव्वस्था परामर्श समितिको बैठकले कार्यसूची र बैठकको मिति तय गर्ने गर्छ । जस अनुसार यस पटक ११ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले १३ र १५ गते बस्ने बैठकको पूर्व कार्यसूची तय गरेको थियो तर आजका लागि थिएन ।
आज बसेको बैठकमा कानुन मन्त्री शिबमाया तुम्बाहाम्फेले संविधान शसोधनको प्रस्ताव पेश गर्ने संभावित कार्यसूची सार्वजनिक भएको थियो । तर आज बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले “माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा। शिवमाया तुम्बाहाङ्फेले ९क० नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक, २०७७”लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्नुहुने, ९ख० नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक, २०७७” पेश गर्नुहुने,” भन्ने सचिवालयले ल्याएको कार्यसूची नै हटाएको थियो ।
यसको कारण के हो भन्ने सरकारले आधिकारीक रुपमा भनेको छैन । तर नक्सा आधिकारीक रुपमा निशान छापमा राख्न संविधान ससोधन गर्नु पर्ने भएकाले सरकारले नक्सा जारी गरे पछि प्रस्ताव सदनमा पेश गरेको थियो ।
तर सविधान शसोधन गर्न दुई तिहाई मतको आवस्यकता पर्ने र त्यसका लागि काँग्रेस या समाजवादी मध्य कुनै एक शक्तिले समर्थन गर्नु पर्ने हुन्छ ।
मंगलबारको सर्बदलीय बैठकमा काँग्रेसले त्यस्तो सहमति दिन सक्ने तर पार्टीको बैठक राखे पछि मात्रै आधिकारीक धारणा तय गर्ने भनेको थियो ।
त्यसै कारणले काँग्रेसको धारणा कुर्न सरकारले कार्यसूचीबाट सविधान शसोधनको बिषय हटाएको हुन सक्ने अनुमान गरिएको छ ।
तर यही बिषयलाई नेपालको बिरुद्ध अनर्गल भ्रामक प्रचार गर्दै आएका भारतीय मिडियाहरुले नेपाल पछि हटेको भनेर चर्चा शुरु गरेका छन् ।
अब भोली बजेट प्रस्तुत हुने भएकाले सविधान शसोधनको एजेण्डा पर्ने देखिदैन ।
त्यस पछि कहिले ? त्यसको निश्चित छैन ।
तर आजको बैठकबाट सविधान ससोधनको प्रस्ताव सल्लाह नै नगरी सरकारले हटाएको र आरोप काँग्रेसमाथि लगाएको काँग्रेले भनेको छ ।
काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले विज्ञप्ति जारी गरेर काँग्रेसले कार्यसूचीबाट यो प्रस्ताव हटाउन माग नगरेको भन्दै सरकारको नियतप्रति सर्तक बन्न अपील गरको छन् ।

https://www.mirmireonline.com/wp-content/uploads/2020/05/Jesth-14-Samsad-ko-Karyasuchi-bata-Samsodhan-Pratab-Hataiyeko-bisayema-pdf-Release-by-Bishwa-Prakash-Sharma.docx.pdf

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ