रुकुम हत्याकाण्डलाई तोडमरोड गरी अपराधीलाई उन्मुक्ति दिन खोजे जनअदालतले कार्वाहि गर्छः प्रकाण्ड

रुकुम हत्याकाण्डलाई तोडमरोड गरी अपराधीलाई उन्मुक्ति दिन खोजे जनअदालतले कार्वाहि गर्छः प्रकाण्ड

  • बुधबार, जेष्ठ १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.8K
    SHARES

काठमाडौं, १४ जेठ । नेपाल कम्युनिस्ट पार्टीले  रुकुम चौरजहारी सोती हत्याकाण्डका अपराधीहरुलाई तत्काल कार्वाहि गर्न माग गरेको छ । पार्टी प्रवक्ता प्रकाण्डले बुधवार बिज्ञप्ति निकालेर अन्तरजातीय प्रेम र विवाहको विषयलाई लिएर पश्चिम रुकुम चौरजहारी नगरपालिका वडा नं. ८ सोतीमा घटाइएको हत्या, बेपत्ता र कुटपिट काण्डप्रति पार्टीको गम्भीरध्यानाकर्षण भएको जनाउदै दोषिलाई कार्वाहि गर्न माग गरेका छन् ।

प्रवक्ता प्रकाण्डले कडा कारवाहीको दायरामा ल्याउन नेपाल सरकार, राष्ट्रिय मानवअधिकार आयोग, मानवअधिकार एवं समाजसेवामा क्रियाशील संघ÷संगठन, बुद्धिजीवि र पत्रकारलगायत सबै क्षेत्रलाई जोडदार आह्वान गरेका छन् ।

चौरजहारी सोती हत्याकाण्डको तीव्रतामा निष्पक्ष छानबिन नगरि घटनालाई तोडमरोड गरी अपराधीलाई उन्मुक्ति दिने धृष्टता कुनै पनि पक्षबाट गरियो भने यो मुद्दा नेपाली श्रमजीवि जनताको जनअदालतमा प्रवेश गराउने प्रवक्ता प्रकाण्डले चेतावनी समेत दिका छन् ।

बिज्ञप्तिमा आफ्नै राज्यव्यवस्थाको मूल्य र मान्यता, संविधान र कानुनको समेत खिल्ली उडाउने गरी ३ जनाको ज्यान लिने र ३ जना बेपत्ता पार्ने गरी नियोजितरुपमा घटाइएको घटनाका योजनाकार, संलग्न व्यक्ति र घटनालाई तोडमरोड गर्ने संरक्षकहरुको आततायी, जङ्गली, सामन्ती, फासीवादी, श्रमजीवि र दलित समुदाय विरोधीतत्वहरुको कडा निन्दा र भत्र्सना गरिएको छ साथै क्रान्ति र परिवर्तनको ऐतिहासिक प्रक्रियामा प्रवेश गरिराखेको नेपाल र नेपाली जनताको राष्ट्रिय एवं “अन्तर्राष्ट्रियस्तरमा शिर निहुराउने र बेइज्जती गर्ने जातीय छुवाछुत एवं भेदभावका ठेकेदार, अपराधी र मानवताविरोधी तत्वहरुको यथाशक्य पहिचान गरी कडाभन्दा कडा कारवाही गर्न, बेपत्ताहरुको अवस्था छिट्टै सार्वजनिक गर्ने र मृतक एवं बेपत्ताका परिवारलाई उचित राहतको व्यवस्था गर्न सरकारसँग विशेष माग समेत गरिएको छ ।

 

Image may contain: text

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ