संविधान संसोधन प्रस्ताव कार्यसूचीबाट हटाएकोमा काँग्रेस संसदीय दलको आपत्ति

संविधान संसोधन प्रस्ताव कार्यसूचीबाट हटाएकोमा काँग्रेस संसदीय दलको आपत्ति

  • बुधबार, जेष्ठ १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

जेष्ठ १४ काठमाण्डौं । नेपाली काँग्रेस ससदीय दलले आजको बैठकको कार्यसूचीबाट सविधान शसोधनको प्रस्ताव हटाईएकोमा आपत्ति जनाएको छ ।
काँग्रेस ससदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले एक विज्ञप्ति जारी गरी जेष्ठ ११ गते बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले जेष्ठ १३ र १५ गतेका लागि संसदको बैठकको निर्धारण गरेको तर पूर्व निर्धारीत कार्यसूची बिनै १४ गतेको बैठकको सुचना र संभावित कार्यसूचीबाट सविधान शसोधन सम्बन्धि प्रस्ताव हटाईएको भन्दै गंभीर ध्यानाकर्षण भएको बताएका छन् ।
“संविधान संशोधन जस्तो विषयमा सरकार, प्रतिपक्ष र संसदमा रहेका दलहरु एक ठाउँमा उभिएर अघि बढ्न सकिने स्थिति निर्माण गर्न तर्फ लाग्नु भन्दा सम्भावित कार्यसूचीबाट प्रस्ताव हटाउने अनि प्रमुख प्रतिपक्ष दललाई त्यस बारेमा आरोपित गर्न खोज्ने कार्यलाई हामीले गम्भीरतापूर्वक लिएका छौं ।” प्रमुख सचेतक खाणद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै प्रम्ुख सचेतक खाणले यस प्रवृतिको निन्दा गर्दै गंभीर राष््िरटय एकताको भावनाका साथ काम गर्न पनि सरकारलाई अपील गरेका छन् ।
हेर्नुस् विज्ञप्तिः

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ