प्रदेश १ र २ मा गरी ६२ जना संक्रमिथ थपिए

प्रदेश १ र २ मा गरी ६२ जना संक्रमिथ थपिए

  • बुधबार, जेष्ठ १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

जेष्ठ १४ काठमाण्डौं । नेपालमा कोरोना संक्रमण निरन्तर बढीरहेको छ । यसै क्रममा आज दिउसो मात्रै प्रदेश २ को रौतहट, बारा सिराहा र प्रदेश १ को झापामा परी ६२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । रौतहटमा मात्रै ३५ जना गपिएका छन् । जिल्लामा मात्रै संक्रमित एक सय ५ पुगेको छ ।
जसमध्ये ३८ जनाको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो भने बाँकी ७ जनाको हेटौंडाको प्रयोगशालामा परीक्षण गरिएको हो ।

संक्रमितहरूमध्ये रौतहटका मात्रै ३५ जना रहेका छन् । त्यस्तै, बाराका ८ जना र सिराहाका २ जना रहेका छन् ।
यसरी प्रदेश दुईमा ४५ जनामा आज देखिएको हो ।
यस्तै प्रदेश १ को झापामा १७ जनामा कोरोना पुष्टी भएको छ ।

कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा बुधबार दिउँसो १७ जनामा कोरोना संक्रमण पुष्टि भएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा। संगीता मिश्राले जानकारी दिइन् ।संक्रमितमध्ये कचनकवल गाउँपालिकाका १५ जना र गौरदह नगरपालिकाका २ जना रहेका छन् ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । तीमध्ये २ जना डिस्चार्ज भइसकेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १०४ पुगेको छ ।

संक्रमितमध्ये २६ जना यसअघि डिस्चार्ज भइसकेका छन् । बुधबार ४ जना डिस्चार्ज हुँदैछन्

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ