सेती अस्पतालको आईसोलेसन र सुर्खेतमा गरी भारतबाट आएका दुई जनाको मृत्यु , पिसिआर परीक्षण गरिदै

सेती अस्पतालको आईसोलेसन र सुर्खेतमा गरी भारतबाट आएका दुई जनाको मृत्यु , पिसिआर परीक्षण गरिदै

  • बुधबार, जेष्ठ १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

जेष्ठ १४ काठमाण्डौं । कैलालीको गौरीगंगा ७ का ५५ वर्षीय एक पुरुषको सेती अस्पतालको आइसोलेसन कक्षमा आज मृत्यु भएको छ । गौरीफन्टा नाकाबाट हिजो मात्रै उनी नेपाल आएका थिए ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले सीमा नाकामा बेहोस अवस्थामा उद्धार गरिएका उनलाई सेती अस्पतालको आइसोलेसन कक्षमा भर्ना गर्दा नै बेहोस रहेको बताएका छन् । उनमा कोरोनाको भन्दा पनि मृगीको समस्या थियो तर भारतबाट आएकाले आईसोलेसनमा राखिएको थियो श्रेष्ठले भने ।

ती व्यक्ति भारतको महाराष्ट्रबाट गौरीफन्टा नाकासम्म बसमा चढेर आएको बताइएको छ ।

श्रेष्ठले मृतकको कोरोना परीक्षणका लागि थ्रोट स्वाब लिएको बताए । मृतकको आरडीटी भने नेगेटिभ आए पछि पिसीआर गरिदैछ । जसको नतिजा आउन बाँकी छ ।

यस्तै भारतको गुजरातबाट सुर्खेत वीरेन्द्रनगर आइपुगेका एक युवाको मङ्गलबार राति मृत्यु भएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिका–५ का २२ वर्षीय वीरेन्द्र रोकायाको प्रदेश अस्पताल कालागाउँ पुग्ने क्रममै बाटोमा मृत्यु भएको हो । मङ्गलबार नेपालगञ्जबाट चिङ्गाड जाने बसमा चढेका ती युवालाई असजिलो भएपछि सुर्खेतको सुब्बाकुनाबाट एम्बुलेन्समार्फत प्रदेश अस्पताल पु¥याइएको थियो । अस्पतालका कोरोना फोकल पर्सन डा केएन पौडेलले अस्पतालमा भर्ना हुनेबित्तिकै आफूहरुले जाँच गर्दा उनी मृतावस्थामा रहेको बताउनुभयो । “राति साढे १२ बजेतिर खबर पाउनेबित्तिकै हामी जाँच गर्न गयौँ, उनको मृत्यु भइसकेको रहेछ”, डा पौडेलले भन्नुभयो ।

अस्पतालका निर्देशक डा डम्बर खड्काले मृतक युवकका साथै उनको साथमा एम्बुलेन्समा आएकाहरुको स्वाब सङ्कलन गरी कोरोना परीक्षण कार्य भइरहेको र दिउँसोसम्म रिर्पोट आउने जानकारी दिनुभयो । आफन्तका अनुसार ती युवामा बाथरोगसम्बन्धी समस्या थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ