काेराेना जितेका २१ जना रातिनै डिस्चार्ज, वीरगंजकाे काेविड अस्थाइ अस्पतालबाट हिडेरै गए घर( तस्बिरसहित) 

काेराेना जितेका २१ जना रातिनै डिस्चार्ज, वीरगंजकाे काेविड अस्थाइ अस्पतालबाट हिडेरै गए घर( तस्बिरसहित) 

  • मङ्लबार, जेष्ठ १३, २०७७
  • दिपक चौरसिया

  • 15.2K
    SHARES

पर्सा, १३ जेठ ।  वीरगंज उपमहानगरपालीकास्थित गण्डक अस्पताल (कोरोना विशेष अस्पताल)मा उपचाररत २१ जना काेराेना संक्रमित निकाे भएर मंगलवार राति नै घर गएका छन् । चार महिलासहित २१ जनालाई मंगलबार राति करिब साढे १० बजे डिस्चार्ज गरिएकाे हाे ।

डिस्चार्ज हुनेहरूमा ४ जना महिला,  ३ जना साढे २ बर्ष, चार बर्ष , दस बर्षका बालक र १४ जना पुरूष रहेकेा  काेविड विशेष अस्पतालकाे प्रमुख डा. उदयनारायण सिंहले जानकारी दिनुभयाे ।

उनीहरूकाे पछिल्लो दुई पटक गरिएकाे पीसीआर परिक्षण रिपाेर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएकाे डा. सिंहले बताउनु भयाे ।  ‘दुई जना बालबालिका सहित २१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन,’ डा. सिंह भन्नुभयाे, ‘डिस्चार्ज हुने सबै वीरगंज महानगरपालिकाका बासिन्दा हुन् ।’

गत वैशाख २७ र ३० गते कोभिड- १९ पुष्टि भएदेखि उनीहरूलाई आइसोलेसनमा राखिएको थियो । नारायणी अस्पतालको आइसोलेसन वार्डमा बेड अभाव भएकाले २१ जना संक्रमितलाई संक्रमण भएको पहिलो २ दिन घरमै सेल्फ आइसोलेसनमा राखेको थियो ।

त्यसपछि संक्रमितलाई सिद्धार्थ माध्यमिक विद्यालयलाई सेमी आइसोलेसनमा परिणत गरी त्यहीं राखिएको थियो । वीरगंज महानगरपालिकाले यहाँको गण्डक अस्पताल सँग सम्झौता गरी त्यसलाई अस्थायी कोभिड अस्पताल बनाएपछि गत वैशाख ७ गते सिद्धार्थ माविको सेमी आइसोलेसनबाट २१ जना संक्रमितलाई सारिएको थियो ।

डा. सिंहका अनुसार २१ जना डिस्चार्ज भएपछि उक्त अस्पतालमा अब ९ जना कोरोना संक्रमित उपचारतत छन् ।  उनीहरूमा पनि कोरोनाको कुनै लक्षण देखिएको छैन । स्वास्थ्य अवस्था सामान्य रहेको बताउनु भयो । यसअघि नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

उनीहरु अस्पतालबाट डिस्चार्ज भएपछि हिडेरै घर गएका छन् । रातको समयमा डिस्चार्ज गरिएका उनीहरुका लागि अस्पतालबाट घर जान कुनै सवारी साधनको सुविधा उपलब्ध गराईएको थिएन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ