पर्सा,१३ जेठ । वीरगंज उपमहानगरपालीकास्थित गण्डक अस्पताल (कोरोना विशेष अस्पताल)मा उपचाररत २१ जना काेराेना संक्रमित निकाे भएका छन् । उनीहरूलाई अहिले केहिबेरमा डिस्चार्ज गरिदैछ ।
उनीहरूकाे पछिल्लाे रिपाेर्ट नेगेटिभ आएपछि अहिले रातिनै डिस्चार्ज गर्न लागिएकाे काेविड विशेष अस्पतालकाे प्रमुख डा. उदयनारायण सिंहले जानकारी दिनुभयाे । अहिले डिस्चार्ज गर्नका लागि कागजी प्रकृया पुरा गर्ने काम भइरहेकेा उहाँले बताउनु भयाे ।
उक्त काेराेना अस्पतालमा ३० जना संक्रमित उपचाररत छन् । २१ जना आज डिस्चार्ज हुनेछन् । अन्यकाे आइसाेलेसनमा उपचार भइरहेकेा छ ।
अव पर्सा जिल्लामा भर्ना भएका अन्य जिल्लाका समेत मात्र ९ जना संक्रमित बाँकी रहनेछन् । उहाँहरू पनि छिट्टै निकाे भइ डिस्चार्ज हुनेमा आशावादी रहेकेा डा. सिंहले बताउनु भयाे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline