हेलो जनार्दन जी, हाम फालेको हैन , कुटेर फालिएको हो भेरीमा दलितलाई !

हेलो जनार्दन जी, हाम फालेको हैन , कुटेर फालिएको हो भेरीमा दलितलाई !

  • मङ्लबार, जेष्ठ १३, २०७७
  • तुफान सिंह कालिकोटे

  • 17.7K
    SHARES

आज संसदमा बोल्दै जनार्दन शर्माले जुन बोल्नु भएको छ रिपोर्ट यो आपत्तिजनक छ । जाजरकोटका दलित युवाहरुलाई ज्यान जोगाउन हाम्फालेर घटना घट्न पुग्यो भन्ने जुन बोल्नु भयो त्यो गलत छ। ज्यान जोगाउन हाम्फाल्ने हरु बाचेका छ्न उहाँ अहिले आफन्त कहाँ घाइते अबस्थामा पुगेका छ्न ।

जुन, उनिहरुले छोप्न सफल भए उहाँ हरुलाई मारेर भेरीमा फालिएको हो स्पष्ट सत्य त्यही हो ।
गलत रिपोर्ट गर्दै राजनीतिक आडमा यो विषयलाई कसैले अन्तै मोड्छ भने तेस्को परिणाम अझै भ्याङकर र भयानक आउने छ । देशमा द्धन्द निम्तिने निश्चित देखिएको छ ।

उता ज्यान जोगाउन सफल एक जना भाईको कुरा राम्रोसँग सुन्न हार्दिक अनुरोध गर्दछु जनार्दन शर्मा ज्युलाई भएको केके हो अनि प्रष्ट हुन्छ उहीँ धामी उही बिरामी भएको देखिन्छ । उहाँ हरु कुनै आक्रमण गर्ने नितिले त्यहाँ पुगेका होइन्न प्रेमिका शुस्मा मल्ल ठकुरीले मेरो अरु कसै संघ बिहे गर्ने कुरा चलेको ले मलाई लिन आउनु भने पछि मात्रै ३नबराज बिक आफ्नो साथीहरू लिएर लिन गएका हुन कुनै जबर्जस्त गिरफ्तार गर्न होइन यो किन बुझ्दैनन मान्छेहरु रु

त्यहाँ उनीहरुलाई बाटो मा देख्न साथ ओइ डुम कमारा फेरि मेरो छोरी लिन आएको भन्दै अपच गाली बईजति गर्दै उक्त शुस्मा मल्ल ठकुरीको आमाले पिछा गर्दै वडा अध्यक्ष सहित गाउँले बोलाएर लखेटेर उनिहरुमाथी निर्घात तरिकाले कुटपिट र ढुङ्गामुडा गरिएहो यो किन बोलिएन प्रशन यहाँ नीर खडा हुन्छ समाज रुपान्तरण गर्छु भन्दै सत्तामा पुगेका हरुले आफ्नै अलिकति पनि नैतिकता राख्नु पर्छ या पर्दैन ।

नवराजको शनिबार नै निधन भयो भने ज्यान बचाउन नदीमा हाुम फालेकामध्ये चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ का गणेश बुढाको पानीमै डुुबेर निधन भयो । कु’टाइबाट घाइते भएका युवाले पानीमा पौडिन नसक्दा निधन भएको घाइतेले बताएका छन् । अन्य भेरी नगरपालिकाका सन्दीप विक, लोकेन्द्र सुनार र गोविन्द शाही अहिले पनि बेपत्ता छन् ।

हिजो समाजमा जडा गाडेर बसेको जातीय छुवाछूत र गरीब दुखी जनताको न्यायको लागि हाम्रो यो लडाइँ हो भन्दै हजारौं दलितहरुले ज्यान गुमाएका छ्न एहि दिन देख्न हो आखिर कहाँ आयो लोकतान्त्रिक गणतन्त्र रु ती हिजोका आफुलाई कथित ब्राह्मणबादी सोच्नेहरुकै लागि त रैछ आखिर ती ग्रामिण बस्तीमा जस्ताको तेस्तै छ ।

आफुलाई बडो रास्ट्रबादी मान्न्ने हरु कहाँ छ्न आज खोइ दलितको छोरा मारिदा तिम्रो बोल्ने मुख किन बन्द पत्रकारहरुको पनि ? नेपालका लागि नेपाली अभियान्ता ज्ञानेन्द्र साही , बिनय बस्नेत ,लगाएत सामाजिक अभियान्ता हेमराज थापा ,पुन्य गौतम ,सिधा कुराजनाता संघ कार्यक्रम प्रस्तोता रबि लामिछाने तपाईंहरु को आवज आज किन बन्द छ रु जहाँ दलित मारिएको घटनाको किन खोज खबर छैन रु आज ४ दिन हुँदा सम्म पनि बेखवर मिडिया तपाईंहरुको पत्रकारिता के का लागि रैछ र कस्का लागी भन्ने बेलामा भित्तामा लेखिएका शलोगन नै आवाज बिहिन हरुको आवाज हुन्छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ