आजै दिउसो ९० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७७२ पुग्यो

आजै दिउसो ९० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७७२ पुग्यो

  • मङ्लबार, जेष्ठ १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.6K
    SHARES

जेष्ठ १३ काठमाडौँ । नेपालमा कोरोना निरन्तर कोरोनाको असर बढीरहेको छ । यस भाइरसबाट संक्रमित हुनेको संख्या ७ सय ७२ पुगेको छ । आज स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले विभिन्न जिल्लाका थप ९० जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् ।

आज संक्रमण पुष्टि हुनेहरुमा कपिलवस्तुका २६, रौतहटका २२ जना, सुर्खेतका १२, बाँकेका ८, सिरहाका ५, बाराका ३, महोत्तरी, जुम्ला, गुल्मी, अर्घाखाँची र स्याङ्जाका २–२ र धनुषा, रुपन्देही, कैलाली र अछामका १–१ जना छन् । योसँगै मुलुकका ४६ जिल्लामा संक्रमण देखिएको छ ।

हालसम्म सबैभन्दा बढी बाँकेमा १५४ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म एक सय ५५ जना निको भएर घर फर्किएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ