गुल्मी, १३ जेठ । गुल्मीको धुर्कोट गाउँपालीका अध्यक्ष भुपाल पोख्रेललाई कोरोना संक्रमण देखिएको छ ।
भैरहवामा भएको परिक्षणमा कोारेना रिपोर्ट पोजेटिभ देखिएको अध्यक्ष पोख्रेलले आफैले विज्ञप्ती निकालेर पुष्टि गरेका छन् ।
आज विज्ञप्ती निकाल्दै अध्यक्ष पोख्रेलले आफुमा कोरोना संक्रमण देखिएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ, केहिदिन अघि गाउँपालीका भित्रका जनप्रतिनीधि, कर्मचारी, स्वास्थ्यकर्मी, चालक र स्थानीय प्रहरीको आरडिटि परिक्षण्मा एक जनाको रिपोर्ट पोजेटि देखिएपछि मेरो र पोजेटिभ देखिएका व्याक्तिको स्वाब संकलन गरि भैरहवा पठाईएकोमा रिपोर्ट पोजेटिभ आएको छ ।
उनले आफ्नो स्वास्थ्य अवस्था अहिले राम्रो रहेको र ठिक भएपछि पुनः नागरिकको सेवामा फर्कने पनि बताएका छन् । साथै आफु घुर्कोट गाउँपालीका भन्दा बाहिर सदरमुकाम तम्घास मात्रै गएको भएपनि रिपोर्ट पोजेटिभ देखिएकाले घुर्कोट गाउँपालीका कोरोना भाइरसबाट उच्च जोखिममा रहेको पुष्टि भएको बताएका छन् ।
