कपिलबस्तु जेष्ठ १३ । कपिलबस्तु कोरोना संक्रममितको संख्या बढ्ने क्रमसगैँ उच्च जोखिमयुक्त जिल्ला हो । यसको महाराजगञ्जमा मात्रै भारतबाट आएका आज सम्म ११ सय देखि १२ सय जना नेपालीलाई क्वारेन्टाईनमा राखिएको छ । उनीहरुलाई ४९ वटा क्वारेन्टाईनमा राखिएको महाजारजगञ्ज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राधेश्याम कलवारले बताए ।
ती क्वारेन्टाईनमा राखिएकाहरु गर्भवतीदेखि बिरामी सम्म छन् । तर सबैको समयमै परीक्षण हुन नसकेको कलवारले बताए । यस अघि पिसिआर पोजेटिभ भएका ९ जनालाई प्रादेशिक अस्पताल भैरहवाले आईसोलेसन खाली छैन भन्दै राख्न नमानेको र जिल्ला अस्पताल कपिलबस्तुले पनि राख्न नमाने पछि उनीहरुलाई एउटा निजी अस्पतालमा राखिएको छ । आज मात्रै नगरपालिकाले निर्माण गरेको आईसोलेसनमा लाने तयारी भएको कलवारले बताए । एक जना गर्भवतिलाइ भने जिल्ला पठाइएकाे उनले बताए ।
क्वारेन्टाईनमा बस्नेहरुलाई खाना समेत आफैले व्यवस्थापन गर्नु पर्ने भएकाले पनि नागरिकहरु बढी चिन्तित बनेका छन् ।
अझ मान्छे मरे पछि मात्रै रिपोर्ट आएका खबरहरुले पनि उनीहरुलाई चिन्तत बनाएको र आरडीटी पोजेटिभ आएकालाइ पनि अन्य सँगै क्वारेन्टाइनमा नै राखिएकाे र एक साता भन्दा बढी समयसम्म पनि पिसिआर रिपाेर्ट नआईरहेका बेला हिजो बेलुकी अचानक दुई जना मान्छेले बान्ता गर्न थाले पछि अरु समेत आत्तिएका थिए ।
उनीहरु भारत महाराष्ट्रबाट आएका थिए । तर उनीहरुलाई टाढाबाट आउदा समस्या भएको हुन सक्ने सामान्य औषधी दिए पछि ठीक भएको कलवारले बताए ।
क्वारेन्टाइनमा बसेका मान्छेहरुले १४ दिन हुन लाग्यो अझै परीक्षण भएन के गर्ने हो ? नत्र हामी भाग्छौ भनेर चेतावनी दिन थाले पछि शसस्त्र प्रहरी नै परीचालन गरेर क्वारेन्टाईनको निगरानी बढाईएको छ ।कलवारका अनुसार १ सय जना आरडीटी पोजेटिभ देखिएकाकाे र क्वारेन्टाइनमा ७ दिन भन्दा बढी बसेका हरूकाे स्वाब परिक्षणका लागि साेमवार राष्ट्रिय प्रयाेगशाला टेकु पठाइएकाे छ ।
एक सय बढी आरडीटी पोजेटिभ भएका र अन्य गरी २ सय ६८ जनाको पिसिआर नतिजा आउन बाकी रहेको बताईएको छ ।
करीब एक साता भन्दा अघि देखि आरडीटी पोजेटिभ भएका सय जनाको स्वाब दिदा पनि ८ दिन सम्म पनि रिपोर्ट नआएको, क्वारेन्टाईनमै मान्छे बिरामी पर्न थालेको भन्दै त्याहाँ रहेका स्वास्थ्यकर्मी समेत चिन्तित बनेका छन् ।
यस बिषयमा यो गुनासो पछि हामीले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाका प्रमुख डा. राजेन्द्र गिरीलाई सम्पर्क गर्दा प्रमुख डा.राजेन्द्र गिरीले ल्याबमा चाप बढेको एकै दिनमा ५ सयदेखि ८ सय सम्म स्वाब आएको र ४८ घण्टा कम्तीमा रिपोर्ट आउन लाग्ने भएकाले समस्या भएको बताए ।
उनले चितवनमा स्वाब लानुस् लोड कम छ भन्दा खेरी स्वाब नै फालेर हिडेको पाएको बताए । उनले जिल्लाका सबै स्वाबलाई क्रमैसगँ गर्दा केही ढिलो भएको बताए ।
अब सल्लाह गरेर अझै मिलाउने कोशिस गर्ने पनि उनले बताए । आज मात्रै ८ सय पिसिआर परीक्षण प्रोसेसमा रहेको भन्दै चाप बढी भएकोले ढिलो भएको भने डा. गिरीले स्वीकार गरे ।
कलवारले १४ दिन क्वारेन्टाईनमा बस्नु पर्ने र संक्रमित भए आईसोलेसनमा जानु पर्ने नियम रहे पनि तोकिएको समयमा आरडीटी पिसिआर परीक्षण हुन नसकेको र पठाएको रिपोर्ट पनि समयमै नआउदा क्वारेन्टाईन थेग्न मुस्किल परीरहेको बताए ।
परीक्षणमा ढिलाई, क्वारेन्टाईनको अस्तव्यस्तता र आरडिटीको समेत अभाव रहेको भन्ने स्थानीय गुनासोको बारेमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटालाई सम्पर्क गर्दा उनले आरडीटी परीक्षण किट एक दुई दिनमै जाने बताए । साथै पिसिआरको कमी नरहेको बताए ।
पिसिआर पोजेटिभ आईसकेपछि जिल्लामा रहेको सिसिएमसी समिति सहितले मिलाउनु पर्ने भएकाले प्रदेशमै यस बिषयमा सोध्न भने ।
तर सबै स्थिति हेर्दा कपिलबस्तुको महाराजगञ्जमा मात्र हेन धेरै जिल्लाको क्वारेन्टाईनहरुमा खाने बस्ने देखि लिएर परीक्षण र उपचार प्रवन्धको समेत चुस्त व्यवस्थापनमा कमी देखिन्छ । यसले थप जोखिम नल्याउला भन्न सकिन्न ।