भारतसगँ बार्ताको वातावरण बनाउन माधव नेपालको नेतृत्वमा टोली पठाउने तयारी !

भारतसगँ बार्ताको वातावरण बनाउन माधव नेपालको नेतृत्वमा टोली पठाउने तयारी !

  • मङ्लबार, जेष्ठ १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

जेष्ठ १३ काठमाण्डौं । गत नोभमेम्बर , २०१९ मा नै नेपालको भूभाग कालापानी, लिपुलेक, लिम्पियाधुरालाई भारतले नक्सामा राखे पछि विरोध गरेको नेपालले भारतसगँ वार्ता गर्ने प्रस्ताव राख्यो । तर उसले नेपालको पत्रको बेलैमा जवाफ दिएन , दिए पनि उपयुक्त समयमा वार्ता गर्ने भनेर आलटाल गर्यो ।

अचानक बैशाखमा लिपुलेकको नेपाली भुभागमा बाटै उद्घाटन गरे पछि चर्किएको दिपक्षीय विवाद र नेपालले समेत नक्सा सार्वजनिक गरे पछि थप दबाबमा परेको भारसगँ बार्ताको बारेमा कुरा बुझ्न र वातावरण बनाउन माधव कुमार नेपालको नेतृत्वमा टोली पठाउने बिषयमा नेकपा भित्र चर्चा शुरु भएको छ ।

स्रोतका अनुसार नेकपाका शीषै नेताहरका बीचमा छलफल चले अनुसार बरिष्ठ नेता माधव कुमार नेपालको नेतृत्वमा प्रवक्ता नारायणकाजी श्रेष्ठ र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई पठाउने बारे नेकपा सचिवालयको शनिबारको अनौपचारीक बैठकमा छलफल चलेको बताईएको जनआस्थाले लेखेको छ ।

यस अघि पनि माधव कुमार नेपाललाई अनौपचारीक रुपमा बिशेष दुतका रुपमा पठाउने भनिए पनि भारतले वातावरण नबनाउदा जान पाएका थिएनन् ।
यता नेपाल मामलामा पनि भारतीयहरुले चासो राख्न थालेको बुझिएको छ । काठमाण्डौमा लकडाउनकै समयमा नेपालका लागि पूर्व भारतीय राजदुत श्वामशरण काठमाण्डौ आईपुगेको हल्ला चले पनि सरकारी अधिकारी या दलका नेतासगँ भेटभाट गरेको विवरण सार्वजनिक भएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ