वीरेन्द्रनगर जेष्ठ १३ । कर्णालीमा आज १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै सुर्खेतका रहेका छन् । १० जना वीरेन्द्रनगर नगरपालिका र २ जना सिम्ता गाउँपालिका रहेका कर्णाली प्रदेश अस्पतालले जनाएको छ ।
बबई र सुब्बाकुना नाका तथा खुलामञ्चस्थित क्वारेन्टाइनबाट लिईएको स्वाबको पिसिआर नतिजा पोजेटिभ आए पछि सुर्खेतमा उच्च सतर्कता अपनाईएको छ । यो सगँै कर्णालीमा कुल संक्रमित २३ पुगेको छ ।
पछिल्लो समय भारतबाट भित्रिएकाहरुमा संक्रमण तीव्र देखिए पछि नाकामा क्वारेन्टाईन र परीक्षण व्यवस्थित गर्न चिकित्सकहरुले माग गरेका छन् ।
कर्णाली प्रदेश सरकारले पनि भारतबाट आउने नेपालीलाई सीमावती क्षेत्रमै परीक्षण गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन नेपाल सरकार र केन्द्रीय विपद् व्यवस्थापन समितिलाई आग्रह गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline