स्थानीय सरकारको चरम लापरबाहीले पूरा हुन सकेन उपस्वास्थ्य चौकीको निर्माण !

स्थानीय सरकारको चरम लापरबाहीले पूरा हुन सकेन उपस्वास्थ्य चौकीको निर्माण !

  • सोमवार, जेष्ठ १२, २०७७
  • दिपक चौरसिया

  • 9.4K
    SHARES

दिपक चौरसिया बारा, १२ जेष्ठ । स्थानीय सरकारको चरम लापरबाहीले हवाहुरीबाट क्षति भएको उपस्वास्थ्य चौकी निर्माण हुन नसक्दा सेवाग्राही मारमा परेका छन । स्थानीय गाउपालिका अध्यक्ष र वडा अध्यक्षको चरम लापरबाहीले उपस्वास्थ्य चौकी निर्माण हुन नसकेको हो ।

बाराको फेटा गाउपालिका वडा नम्बर ७ गम्हरिया टोल स्थित रहेको उपस्वास्थ्य चौकी निर्माण हुन नसक्दा स्थानीय तीन गाउका जनता मारमा परेका छन । स्थानीय तहको निर्वाचन सम्पन्न भए पश्चात् विकासको सपना, सपना मै सिमित रहेको स्थानीयले गुनासो गरे । स्थानीयले जनाए अनुसार गत बर्ष आएको बिनासकारी हावाहुरीमा उपस्वास्थ्य चौकिको छाना उडाएपनी हालसम्म स्थानीय सरकारले निर्माण गर्न नसकेको आरोप लगाए ।

वडा अध्यक्ष महम्द हुसेन मियालाइ पटक पटक स्थानीयले उपस्वास्थ्य चौकिको निर्माणको बिषयमा भनेपनी वास्ता नगरेको स्थानीयले जनाएका छन । वडा अध्यक्ष हुसेन वडा कार्यालय चलाउन सक्ने हैसियत नभएको मान्छेलाइ चुनाव जिताए भन्दै दुखेसो पोखे । बिगत १ बर्ष २ महिना बिति सक्यो तर उपस्वास्थ्य चौकी निर्माण हुन सकेन स्थानीयले दुखेसो पोखे ।
यता वडा अध्यक्ष महम्द हुसेनका अनुसार आफुलाइ माथिबाट उपस्वास्थ्य चौकि मर्मतको लागि केही रकम बिनियोजन नगरेको हुनाले मर्मत हुन नसकेको बताउनु भयो । उहाले मर्मत गर्नुपर्ने अवाश्यक्ता भएपनी हालको लागि उपस्वास्थ्य चौकी अर्कै ठाउबाट सन्चालनमा रहेको बताउदै पन्छिन खोज्नु भयो ।

स्थानीय तीन गाउका सर्वसाधारणले सेवा लिने उपस्वास्थ्य चौकी निर्माण हुन नसक्दा स्थानीयहरू अन्यौलमा परेका छन । स्वास्थ्य सङ्ग खेलवाड गर्ने वडा अध्यक्ष लगायत स्थानीय सरकारको ध्यान जान नसकेपनी सम्बन्धित निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ