के एमसीसी पास गराउनै लागिएको हो ? ससदमा दर्ता भएको एक बर्ष पछि कार्यसूचीमा राखिदै 

के एमसीसी पास गराउनै लागिएको हो ? ससदमा दर्ता भएको एक बर्ष पछि कार्यसूचीमा राखिदै 

  • सोमवार, जेष्ठ १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौँ, १२ जेठ । पेचिलो विवादमा रहेर ससदमा दर्ता भएको झण्डै एक वर्षपछि अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सम्झौता सङ्घीय संसद्को कार्यसूचीमा पर्ने भएको छ ।
अघिल्लो पटक कार्यसूचीमा पेश गर्न तात्कालिन सभामुख कृष्ण बहादुर महराले नमानेको भन्दै प्रधानमन्त्री ओली लगायतका असन्तुष्ट बनेका थिए । उनी गत असोजमा रोशनी शाहीसगँ यौन दुरव्यवहारको मुद्धामा जेल परे पछि एमसीसी टेवल गर्न असहयोग गरेको प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा प्रकट गरेका थिए ।
त्यस पछि पनि लामो खिचातानीका कारण सभामुख बनेका सापकोटामाथि एमसीसी टेबल गर्न दवाव पर्दै आएके छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सो सम्झौता यथावत्रुपमा पारित नगर्न आवाज उठेकाले सो प्रस्ताव थन्किएको थियो । नेकपाको गत माघ १५ देखि १९ गतेसम्म भएको केन्द्रीय कमिटी बैठकले सोबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्य भीमबहादुर रावल र परराष्ट्रन्त्री प्रदीपकुमार ज्ञवाली रहेको अध्ययन कार्यदल गठन गरेकामा त्यसले गत फागुन ९ गते नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिवेदन दिइसकेको छ । कार्यदलले संशोधनसहित सम्झौता पारित गर्न सुझाव दिएको थियो । सोही विषयमा नेकपाका सचिवालयको गत शनिबारको अनौपचारिक बैठकमा केही स्थायी कमिटीका सदस्यसहितलाई आमन्त्रण गरिएको र एमसिसी सचिवालयका कर्मचारीले ब्रिफिङ गरेका थिए । उक्त सम्झौता एशिया प्रशान्त रणनीतिको अङ्ग हो भने नेपालले पारित गर्न नहुने तर्क नेकपाको गत मङ्सिर २९ देखि पुस ६ गतेसम्मको स्थायी कमिटीमा उठाइएको थियो ।

कूल करीब रु ६४ अर्बको सो परियोजनामा करीब ५१ अर्ब अमेरिकी र रु १३ अर्ब ९१३० मिलियन अमेरिकी डलर नेपाल सरकारको लगानी हुनेछ । दुई पक्षबीच सन् २०१७ सेप्टेम्बर १४ मा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसिसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन नासबीच ‘कम्प्याक्ट सम्झौता’ भएको थियो ।
नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासका लागि सञ्चालित उक्त सम्झौतामा सङ्घीय संसद्को दुवै सदनबाट अलगअलग रुपमा पारित हुनुपर्ने भएकाले सरकारले संसद् सचिवालयमा गत वर्ष असार ३१ गते दर्ता गरेको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले यसबारे हालसम्म सार्वजनिक प्रतिक्रिया दिनुभएको छैन । सरकारले सदनमा सो प्रस्ताव छलफलमा ढिलाइ गर्न नहुने जनाउँदै आएको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पनि सो सम्झौता चाँडो पारित गर्न आग्रह गर्दै आएको छ । कुनै पनि मुुलुकसँग भएको सन्धिसम्झौता संसद्ले पारित गर्नुपर्ने हुन्छ ।
हाल प्रतिनिधिसभामा दर्ता भएको सो सम्झौता प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएपछि सन्देशसहित राष्ट्रियसभामा पठाइनेछ । यो सम्झौता लागू भएको मितिले पाँच वर्षभित्र सम्पन्न गर्नुपर्नेछ । संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले राजनीतिक सहमति प्राप्त भई सभामुखले कार्यसूचीका रुपमा अगाडि बढाउन कुनै बाधा नभएको राससलाई बताउनुभयो । उहाँले भन्नुभयो, ‘सो प्रस्ताव हाल विचाराधीन छ । सभामुखको निर्देशनपछि कार्यसूचीका रुपमा प्रवेश पाउनेछ’, डा पाण्डेले भन्नुभयो । संसद् सचिवालयमा दर्ता भएको कुनै पनि प्रस्ताव छलफलका लागि परिपक्व हुन कम्तीमा पाँच दिन समय लाग्छ ।

सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले संसद्को मूल बैठकमा सैद्धान्तिक छलफलपछि संशोधन आएमा सम्बन्धित समितिमा लगेर विधेयकसरह छलफल हुन सक्ने जनाउनुभयो ।
सम्झौतामा काठमाडाँैंको लप्सीफेदीदेखि नुवाकोटको रातमाटेसम्म, रातमाटेदेखि हेटौंँडासम्म, रातमाटेदेखि दमौलीसम्म, दमौलीदेखि बुटवलसम्म र बुटवलदेखि भारतको सिमानासम्मको खण्डमा चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण तथा रातमाटे, दमौली र बुटवलमा तीन सबस्टेशन निर्माण गरिने उल्लेख छ । संसद्बाट पारित सरकारको नीति तथा कार्यक्रममा प्रसारण विस्तारको विषय उल्लेख छ ।

यसैगरी पूर्वपश्चिम राजमार्गको कपिलवस्तु जिल्लाको चन्द्रौटादेखि लमही हुँदै बाँके र दाङ जिल्लामा पर्ने शिवखोलासम्म कुल १०० किलोमिटर सडकको स्तरोन्नति गरिनेछ । बुटवल–गोरखपुर अन्तर्देशीय प्रसारण लाइनको नेपाल भारत सीमासम्मको निर्माणका लागि सहायता उपयोग गरिने पनि जनाइएको छ ।
एमसीसीका बारेमा नेकपा भित्र र बाहिर पनि चर्को बिरोध हुदै आउनुका बाबजुद नेकपाका ओली सहितका नेता र काँग्रेसका नेताहरु पारित गर्ने पक्षमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी