वीरगन्ज, १२ जेठ । वीरगंजकाे नारायणी अस्पतालमा उपचाररत ४३ जना काेराेना संक्रमित अहिले केहिबेरमै डिस्चार्ज हुँदैछन् । याे सँगै उक्त अस्पतालमा उपचाररत सबै संक्रमित निकाे भएका हुन् ।
आज डिस्चार्ज हुनेहरूमा २ महिला र ४१ जना पुरूष रहेका छन् । संक्रमितको पछिल्लो दुई रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले बताउनु भयाे ।
डिस्चार्ज हुनेमा एकजना सर्लाहीका बाहेक सबै पर्साका छन् । यसअघि आइतबार राति वीरगन्जस्थित नारायणी अस्पतालबाट एकै परिवारका १८ जना संक्रमित निको भएर घर फर्किएका थिए ।
शनिबार ९ जना डिस्चार्ज भएका थिए । पछिल्लो ३ दिनमा नारायणी अस्पतालको आइसोलेसन वार्डका ७० जना कोभिड १९ संक्रमित निको भएर घर फर्किएका छन् ।
गण्डक अस्पतालमा बनाइएको अस्थाई कोरोना अस्पतालमा २७ जना संक्रमितको उपचार भइरहेको छ ।
अब केहि दिनमा नै नारायणी अस्पताल सवर्वसाधारणकाे लागि खुला गरिने बताइएकाे छ ।