कोरोना निरन्तर उकालो लाग्दै आज दिउसो थप ६ जनामा संक्रमण पुष्टी , कुल ६ सय ८२

कोरोना निरन्तर उकालो लाग्दै आज दिउसो थप ६ जनामा संक्रमण पुष्टी , कुल ६ सय ८२

  • सोमवार, जेष्ठ १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

काठमाडौं जेष्ठ १२ । नेपालमा कोरोना संक्रमितको संख्या निरन्तर बढ्ने क्रम जारी छ ।यसै क्रममा अहिले दिउसो थप ६ जनामा कोरोना पुष्टी भएको छ । काठमाण्डौमा १ जना, बर्दियामा ३ जना , अछाममा एक जना र पर्सामा एक जनामा कोरोना पुष्टी भएको नियमित मिडिया ब्रिफिगंमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
आज बिहान मात्रै ७२ जना थपिएको थियो ।

अछाम मेललेकका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो। सेती प्रादेशिक अस्पतालामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण देखिएको हो।

त्यसैगरी भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनाको कोरोना पोजिटिभ देखिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार गुलरिया १० बर्दियाका २२ र २४ वर्षीय पुरुष र गुलरिया २ बर्दियाका १८ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो।

यस्तै नारायणी अस्पतालको प्रयोगशामा गरिएको परीक्षणमा दुई जनामा पोजिटिभ देखिएको छ। उनीहरु जिरा भवानी गाउँपालिका ४ पर्सा कालिकामाइको क्वारेन्टाइनमा रहेकामा १८ वर्षका पुरुष र काठमाडौं महानगरपालिका १५ घर भएका कलैयामा काम गर्नेमा कोरोना पोजिटिभ देखिएको हो। हालसम्म कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ। ११२ जना डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ।

हालसम्म पीसीआर विधिबाट ५१ हजार ६४२ परीक्षण भएका छन्। गत २४ घन्टामा पीसीआर २हजार ९०४ र आरडीटी ५ हजार १६६ नयाँ नमूना परीक्षण भएका हुन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी