कोरीयामा भिसा सकिएका नेपाली अलपत्रः तिमीहरूको देशले केही गर्दैन, कति भिसा थप्न आएको ? 

कोरीयामा भिसा सकिएका नेपाली अलपत्रः तिमीहरूको देशले केही गर्दैन, कति भिसा थप्न आएको ? 

नेपाल आउन पाउनु पर्ने माग गर्दै नेपालीद्धारा दुतावासमा धर्ना

  • सोमवार, जेष्ठ १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.6K
    SHARES

सियोल जेष्ठ १२ । नोवेल कोरोना भाइरस ( कोविड–१९ ) का कारण अन्तरास्ट्रिय उडान बन्द भएपछि कोरियामा भिसा सकिएर नेपाल आउन नपाएकाहरुले दुतावासमा धर्ना दिदै ज्ञापन पत्र बुझाएका छन् ।
४ बर्ष १० महिना अवधि पुगेका ई नाईन भिसा का एक हजार भन्दा धेरै ईपिएस प्रक्रिया बाट कोरिया आएका मजदुर भिसा सकिएर नेपाल जानको लागि तयारी अबस्थामा बसेको धर्ना दिने टोलीका नेता सुभाष ढकालले जानकारी दिए ।
आइतवार भिषा सकिएका नेपालीहरुले नेपाल जान पाउ भनेर नेपाल दुताबास दक्षिण कोरियार्मा क घण्टा धर्ना दिएर कार्यबाहक राजदुत राम सिंह थापा र श्रम सहचारी डिल्ली राम बास्तोला लाई सुवास ढकालको नेतृत्वमा ज्ञापन पत्र बुझाएका थिए ।
कार्यबाहक राजदुत राम सिंह थापाले भने नेपाल सरकारले निर्णय नगर्दा सम्म केही गर्न नसक्ने तर पहल भईरहेको बताएका थिए ।

श्रम सहचारी डिल्लीराम बाँस्तोलाले भने देशमा संकट आईपरेका बेला धैर्य गर्न आग्रह गरेका थिए ।खान बस्न समस्या भए एनआरएनलाई सम्पर्क गर्न बास्तोलाले आग्रह गरेका थिए । भिषा सकिएकाहरुको पहिलो चरणमा ५० दिन थपेको थियो । त्यस पछि ५ दिन थपेको छ । त्यो ५ दिन पनि सकिए पछि यहाँको इमिग्रेसनले शरणार्थी भिषा एक महिनालाइ दिएको छ । भिषा थप्न जाँदा तिमीहरूको देशले केही गर्दैन ? कति भिसा थप्न आएको तेरो देश छैन ? भन्छन कर्मचारीले ढकालले मिर्मिरेलाई बताए ।


त्यही पीडाका कारण पनि भिसा अवधि पुगेका नेपालीहरु स्वदेश फर्कन माग गरीरहेका छन् । तत्काल आफूहरुलाई उद्धार गर्न ढकालले माग गरे । ई नाईन भिसा सकिएका कामदारहरुले बैधानिक रुपमा काम गर्न नपाउने भएकाले उनीहरु समस्यामा परेका हुन् । खान बस्न मासिक ५० हजार नेपाली खर्च हुने, अनिवार्य विमा अन्तर्गत मासिक १२ हजार तिर्नु पर्ने भन्दै नेपाल सरकारले उद्धार गरोस् उद्धारमा, हवाई उडानदेखि क्वारेन्टार्इृन सम्म खर्च हामी आफै ब्यहोर्छौ , पीडित नेपालीहरुको माग छ । अन्तर्राष्ट्रिय कानुन अनुसार पनि नागरिक आफ्नो देश फर्कन पाउने नैसर्गिक अधिकार भएकाले त्यसबाट बञ्चित नगर्न उनीहरुले माग गरेका छन् ।
हामीले पठाएको रेमिटेन्स चल्ने हामी देश आउन नमिल्ने कस्तो निर्णय हो सरकारको ? राजदुत लाई भेट्न जाँदा त्यही का कर्मचारीले हाम्रो मोबाईल समेत खोसेर पठाए पीडितहरुले भने ।

 

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी