कञ्चनपुर, १२ जेठ । गुजारा चलाउन भारत पसेका नेपाली अहिले मातृभूमि पुग्न ज्यान जोखिममा पारिरहरेका छन् । भारतमा लकडाउन केही खुकुलो पारेसंगै बैशाख अन्तिम सातादेखि नेपालीहरु धमाधम नेपाल प्रवेस गरिरहेका छन् । नेपाल–भारत आवत जावत गर्ने कञ्चनपुरको बैधानिक नाका गड्डाचौकीबाट प्रवेस गर्न नपाएपछि ११ जेठसम्म अवैधानिक नाका भएर सकसका विच मातृभूमि पुगिरहेका छन् । मातृभूमि पुगेर पनि उनीहरुलाई सुख छैन् । सीमा क्षेत्र पुगेका उनीहरुलाई सिधै ल्याएर स्थानीय तहले क्वारेन्टाईनमा राखेका छन् ।
पुर्व तयारी अभावका कारण कञ्चनपुरका स्थानीय सरकारलाई भारतबाट ल्याएकाहरुलाई व्यवस्थापन गर्न हम्मेहम्मे भईरहेको छ । एकै क्वारेन्टाईनमा पुराना नयाँ राख्दा संक्रमण फैलिने चिन्ता समेत व्यक्त गरेका छन् । स्थानीय तहले उद्दारका नाममा बसधनीलाई बोक्न जिम्मेबारी दिएका छन् । भारतबाट विभिन्न स्थानबाट आईतबार महेन्द्रनगर पुगेका दार्चुलाका स्थानीयले दोब्बर भाडा तिर्न बाध्य भएका छन् । दार्चुलाका बाशुदेव बडूले भारतबाट निःशुल्क बनबासा पुगेको बताउदै महेन्द्रनगरदेखि दार्चुला पुग्न्न दोब्बर भाडा अशुलेको बताए ।‘हामीलाई परीक्षण पनि गरेन, ‘उनले भने, ‘एकातिर दोब्बर भाडा अर्कोतिर जोखिम बढायो ।’ एक अघि महेन्द्रनगरदेखि दार्चुलाको हजार रुपैया भाडा भएपनि १४ जना दोब्बर दुई हजारका दरले भाडा तिरेर घर जान बाध्य भएको उनको दुखेसो छ । ‘हामीले सुन्यौ स्थानीय सरकारले उद्दार ग¥यो, भनेर तर हामीसंग बसवालाहरुले दोब्बर भाडा अशुल्यो, ‘उनले भने, ‘हामीलाई उद्दार गरेको हो की दोब्बर भाडा लिएर पैशा कमाएको बुझिएन् ।’
भारतको सुरतबाट यस पुर्वकै भाडा तिरेर खटिमा पुगेका बेलडाँडी गाउँपालिका १ कञ्चनपुरका सुरेन्द्र देउवाले कोरोना कहरमा भारतमा नेपालीबाट नियमसंगत भाडा लिएको र नेपाल पुग्दा दोब्बर भाडा लिएर के गर्न खोजेका हुन् भन्दै प्रशन गरे रु ‘उताबाट हामीले पहिलेकै भाडा लिएर आएका थियौँ, ‘उनले भने, ‘जहाँसम्म बस आयो आए, त्यहाँबाट जंगलै जंगल भएर दुई दिनमा मातृभूमि टेके, अहिले उद्दारका नाममा दोब्बर भाडा मागिरहेका छन् ।’ लुकिछिपी नेपाल प्रवेस गरेका नेपाली महाकाली नगरपालिका मायापुरी, जमुनाभाँडी क्षेत्रमा त्रिपालमुनी दिनरात काट्न बाध्य भएका छन् । भोकभोकै पैदलै नेपाल प्रवेस गरेकाहरुले सहजै नेपाल प्रवेस गर्न नपाउँदा दुखित भएका छन् ।
सकसका विच क्वारेन्टाईन पुगेकाहरुले पनि दुखेसो पोखिरहेका छन् । यस अघि कञ्चनपुरमा ५ सय ६० बेडका क्वारेन्टाईन निर्माण भएका थिए, तर अहिले ह्वात्तै हजारौँको संख्यामा जिल्ला पुगेपछि व्यवस्थापन फितलो भएको हो । पुर्नवास नगरपालिका ५ को गौरीशंकर र ६ को जिवनज्योति माविमा रहेका क्वारेन्टाईनमा फितलो व्यवस्थापन भएको छ । त्यहाँ बस्नेहरुले एकै कोठामा १५÷२० जना राखेर झन संक्रमण निम्त्यिाएको गुनासो पोखेका छन् । शौचालय, दैनिक खानपान एव सुत्न समस्या भएको गुनासो गरिरहेका छन् । पुनर्वास नगरका प्रवक्ता भारमल सुनारले एकै पटक ह्वात्तै आउँदा व्यवस्थापनमा चुनौती थपिएको बताउदै बढि भएकालाई अन्यन्त्र क्वारेन्टाईनमा सारिने बताए । ‘एकै चोटी धेरै आए, ‘उनले भने, ‘त्यहाँ राख्न नसकिएकालाई अर्को क्वारेन्टाईनमा राख्छौँ ।’ भएको किट सकिएकाले थप माग गरेर बाँकीको समेत परीक्षण गरिने उनले बताए ।
आजदेखि लकडाउनमा कडाई, गड्डाचौकी नाका भएर नेपालीलाई प्रवेस गराईदै
१ जेठदेखि ११ सम्म दुई हजार ४१ जनाले नेपाल प्रवेस गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता रविन्द्र पौडेलले ४५ महिला सहित २ हजार ४१ ले नेपाल प्रवेस गरेको बताए । उनका अनुसार उनीहरुलाई घर समेत पठाईएको छ । भारतबाट लुकिछिपी अवैधानिक नाकाबाट धमाधम नेपाल प्रवेस गर्न थालेपछि स्थानीय प्रशासनले बनबासा भएर गड्डाचौकी नाकाबाट नेपालीको उद्दार एव प्रवेस गराईने भएको छ । आइतबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि प्रशाद खतिवडाको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले भारतबाट आउने नेपालीलाई पश्चिमी गड्डाचौकी नाकाबाट व्यवस्थित ढङगबाट प्रवेस गराईने निर्णय भएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी खतिवडाले अब नेपाल प्रवेस गर्नेको स्वास्थ्य परीक्षण गरेर सम्बन्धीत स्थानमा पठाईने बताए । ‘यस अघि सम्भव थिएन, ‘प्रजिअ खतिवडाले भने, ‘अब व्यवस्थित नाका खुलेसंगै स्वास्थ्य परीक्षण गराईनेछ ।’ सोमबार दिउँसो १२ देखि साँझ ६ बजेसम्म प्रवेस गराईने छ, दैनिक अवस्था हेरेर प्रवेस गराईने प्रजिअ खतिवडाले बताए ।
सोमबारदेखि कञ्चनपुरमा लकडाउनमा समेत कडाई हुने भएको छ । कोरोना रोकथामका लागि गरिएको लकडाउन फितलो भएपछि प्रशासनले समाजिक दुरी कायम गर्नका लागि कडाई गर्ने भएको हो । प्रजिअ खतिवडाले समाजिक दुरी कायम गर्न र कोरोना संक्रमण रोकथामका लागि जोखिम बढ्दै गएको अवस्थामा औषधोउपचार बाहेक अन्य सम्पूर्ण क्षेत्र बन्द हुने छन् । तरकारी, किरानादेखि बैंक सम्पूर्ण व्यवसायिक अत्यावश्यक क्षेत्र बन्द हुनेछन् । प्रशासनले लकडाउन कडाई गर्ने निर्णय अनुरुप जिल्लाभरी कार्यान्वयन गरिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता रविन्द्र पौडेलले लकडाउन पूर्ण पालना गर्नका लागि प्रहरीले समेत सोही अनुरुप एक्सनमा जाने बताए ।
गड्डाचौकी नाका खुलेसंगै भारतमा अलपत्र परेका नेपाली नागरिकलाई मातृभूमि टेक्न राहत पुग्ने छ । गड्डाचौकी नाका खुलेसंगै नेपालीलाई अब आफ्नै मातृभूमि टेक्न लुकिछिपी डरैडरले आउने अवस्थाको अन्त्य हुने छ ।