तीन घण्टा सम्म पनि एम्बुलेन्स नआए पछि मोटरसाईकलमा अस्पताल पुगे नुवाकोटका संक्रमित !

तीन घण्टा सम्म पनि एम्बुलेन्स नआए पछि मोटरसाईकलमा अस्पताल पुगे नुवाकोटका संक्रमित !

  • सोमवार, जेष्ठ १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

जेष्ठ १२ काठमाण्डौं । नुवाकोटमा पहिलो पटक संक्रमण पुष्टी आईतबार दिउसो भयो । जिल्लाकै पहिलो संक्रमित बन्न पुगेका ककनी ओखरपौवाका ३८ बर्षे युवा , नेकपाका बागमति प्रदेश कमिटि सदस्य एवं युवा संघका पदाधीकारी संक्रमित भएको खबर आएसगैं एम्बुलेन्स पर्खेर बस्दा पनि नआए पछि आफै मोटरसाईकल चलाएर टेकु आईसोलेसनमा भर्ना हुन पुगेका छन् ।
टेकु अस्पतालले पनि एम्बुलेन्स आउछ , भन्यो गाँउ पालिकाले पनि एम्बुलेन्स चारै तिर माग्दा पनि तीन घण्टामा पनि कसैतबाट एम्बुलेन्स नआए पछि अन्ततः संक्रमित आफै बाईक चलाएर आएर अस्पतालमा भर्ना भएका छन् ।

तीन घण्टासम्म एम्बुलेन्स आउने बाटो हेर्दा पनि नआएपछि आफैं मोटरसाइकल चलाएर घरबाट काठमाण्डुको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आइपुगेको संक्रमितले प्रतिकृया दिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ