जेलभित्र कुटाकुट भएपछि डिल्लीबजार कारागारका ‘चौकीदार’ फेरीयो, १३ जनालाई अर्कै ब्लकमा सारीयो

जेलभित्र कुटाकुट भएपछि डिल्लीबजार कारागारका ‘चौकीदार’ फेरीयो, १३ जनालाई अर्कै ब्लकमा सारीयो

  • आइतवार, जेष्ठ ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ जेष्ठ ११ । डिल्लीबजार कारागार भित्र कुटाकुट भए पछि चौकीदारगोकुल गिरी जिम्मेवारीलाई हटाईएको छ । गिरी डा. उपेन्द्र देवकोटाकी छोरीको अपहरण, लागु औषध लगायतका मुद्धामा ६५ सालदेखि जेलमा रहेका छन् ।
गिरी सहित अन्य १३ जनालाई क ब्लकबाट ख ब्लकमा सारीएको छ ।

गिरीलाई बर्खास्त गरिएसँगै उनले सम्हाल्दै आएको नाइके पद अर्को व्यवस्था नभएसम्मका लागि पिताम्बर पोखरेल र रामचन्द्र कुसवाह (प्यासी) को समूहलाई आन्तरिक प्रशासनको जिम्मा दिइएको छ ।

डिल्लीबजार कारागारका जेलर अरुण पोखरेलले अर्को व्यवस्था नभएसम्मका लागि अस्थायी व्यवस्थापन गर्न उनीहरुलाई नाइके लगायत आन्तरिक प्रशासनको जिम्मा दिइएको बताए । नाइके पदको जिम्मा पाएका पोखरेल नेपाल सरकारका पूर्व शाखा अधिकृत हुन् ।
कुसवाह नेकपा एमाले बाराका तत्कालीन नेता मोहम्मद आलमको हत्या आरोपमा उच्च अदालतबाट दोषी ठहर भएपछि डिल्लबिजार कारागार आइपुगेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ