नेपालमा आज थप १९ जना संक्रमित थपिए , कुल ६ सय ३ पुग्यो

नेपालमा आज थप १९ जना संक्रमित थपिए , कुल ६ सय ३ पुग्यो

  • आइतवार, जेष्ठ ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

नेपालमा निरन्तर कोरोना बढीरहेको छ । आज मात्रै देशभर गरी १९ जना संक्रमित थपिएका छन् । आजकाठमाण्डौं, नुवाकोट, बारा, पर्सा, गुल्मी लगायतका जिल्लामा गरी ती संक्रमितहरु फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । यागै कुल ६ सय ३ जना संक्रमितको संख्या पुगेको छ ।

आज  संक्रमित हुनेमा मोरङका एकजना ,बाराका एकजना, पर्साका तीनजना, रौटहटका एकजना, सर्लाहीका एकजना, रुपन्देहीका तीनजना र काठमाडौंका एकजनामा संक्रमण देखिएको बताए । काटठमाण्डौ सोह्रखुट्टेका ६९ बर्षीय वृद्ध संक्रमित फेला परेका छन् । गुल्ती मदानेमा यस अघि संक्रमित मृत्यु भएको क्षेत्रमै अर्का एक संक्रमित फेला परेका छन् ।

त्यसैगरी नुवाकोटका एकजना, रुपन्देहीका तीनजना, कपिलवस्तुका तीनजनामा संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमण ४२ जिल्लामा पुगेको छ । आज नयाँ संक्रमित थपिएको जिल्ला नुवाकोट हो ।
मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा आरडीटी विधिबाट ९० हजार २६ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ४८ हजार ८ सय १५ परीक्षणहरु गरिएका छन् ।

यस मध्य ३ जनाको मृत्यु भईस्केको छ । देशभर ४२ जिल्लामा कोरोना फैलिसकेको छ । कुल ८७ जना निको भएर घर फर्केका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ