जेष्ठ ११ जनकपुर । जनकपुरस्थित प्रादेशिक कोभिड विशेष अस्पतालको आइसोलेसनमा उपचाररत एक संक्रमित भागेका छन् । गएराति आईसोलेसन वार्डबाट भागेका ४५ बर्षीय संक्रमित मानसिक सन्तुलन ठीक नभएको अवस्थामा रहेको बताईएको छ । उनी सर्लाही धनकौलका हुन् ।
राति देखि नै खोजीकार्य जारी राखे पछि प्रहरीले अहिले सम्म उनलाई फेला पार्न सकेको छैन ।
अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा जामुन सिंहले उनी कतै लुकेको हुन सक्ने अनुमान गरेका छन् ।
यसअघि पनि ती संक्रमित भागेपछि खोजेर पुनः छुट्टै कक्षमा राखिएको थियो। संक्रमित भागेको खुलेपछि संक्रमण फैलन सक्ने चिन्ता स्थानीयले गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline