नेकपा नेतृ भुजेल धरौटिमा रिहा भए लगत्तै पुनः पक्राउ ,धनुषा लैजाने तयारी

नेकपा नेतृ भुजेल धरौटिमा रिहा भए लगत्तै पुनः पक्राउ ,धनुषा लैजाने तयारी

  • आइतवार, जेष्ठ ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

झापा, ११ जेठ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मेचि-कोसी ब्युरो इन्चार्ज तथा पुर्व सांसद नेतृ उमा भुजेल आज झापा जिल्ला अदालतमा १ लाख धरौटि बुझाएर रिहाइ भए लगत्तै प्रहरीले उनलाई पुनः पक्राउ गरि धनुषा लाने तयारी गरेको छ।
अदालत परिसरबाट हाम्रो सम्पर्कमा आएकी नेतृ भुजेलले जिल्ला अदालत झापाले रिहाइ गरेपनि प्रशासनले आफुलाई दोस्रोपटक गिरफ्तार गरि धनुषा लाने तयारी गरेको जानकारी गराइन। भुजेलका अनुसार उनलाई प्रशासनले आन्तरिक कारण देखाउँदै भोलिमात्र धनुषा लाने जानकारी गराएको र आज झापा कारागारमा नै राखिने छ।
नेतृ भुजेललाई प्रहरीले गत पुस १२ गते सुनसरीको चक्रघट्टिबाट कार्यलय सचिव सुमनसिंह पौडेल सँगै गिरफ्तार गरि सुनसरी राखेको थियो। यसअघि सुनसरी जिल्ला अदालत इजलास नम्बर २ मा भएको थुनछेक बहसपछि जिल्ला न्यायधिस धर्मराज पौडेलको एकल इजलासले नेतृ भुजेल र पौडेललाई जनही १० हजार धरौटीमा रिहा गरेपनि उनीहरुलाई प्रहरीले पुनः पक्राउ गरी झापा ल्याएको थियो । यसअघि सँगै पक्राउ परेका सुमनसिंह पौडेललाई २ लाख २५ हजार धराैटि तिरेर झापाबाट रिहा भएलगत्तै प्रहरीले पुनः पक्राउ गरि सुनसरी लगेको छ।
तत्कालीन माओवादीका तर्फबाट गोर्खा जेल ब्रेक गर्ने महिला सदस्य तथा पुर्व सांसद समेत रहेकि नेतृ भुजेलको टोलिले २०५७ चैत्र १७ गते गोर्खा जेल व्रेक गरेको थियो ।
चन्द्रगढी कारागारमा अझै धरौटी बुझाउन नसकेर नेतृ भुजेल भन्दा अगाडि नै पक्राउ परेका  सुनसरीका सेक्रेटरी सन्तोष विष्ट, र झापाका प्रवीण मिश्र लगायतका बाँकी रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ