‘कोरोनाबाट डराउनुपर्दैन, सजिलै जित्न सकिन्छ’ भन्दै डिस्चार्ज भए १० जना संक्रमित रुपन्देहीबाट

‘कोरोनाबाट डराउनुपर्दैन, सजिलै जित्न सकिन्छ’ भन्दै डिस्चार्ज भए १० जना संक्रमित रुपन्देहीबाट

  • शनिबार, जेष्ठ १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

वुटवल जेष्ठ १० । कोरोना संक्रमित लगातार बढिरहेका बेला बुटवलबाट पनि १० जना संक्रमित कोरोना जीतेर घर फर्कन सफल भएका छन् । आजै दिउसो बीरगञ्जबाट ९ जना डिस्चार्ज भएका थिए । कोरोना निको भएर घर फर्कनेको संख्या ८९ पुगेको छ । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालबाट एकैसाथ कपिलवस्तुका १० जना संक्रमित निको भएर घर फर्किएकाहरुले छन् ।
दुई साताअघि अस्पताल भर्ना भएका संक्रमितको लगातार दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा सुदर्शन थापाले जानकारी दिए ।
“कोरोनाबाट डराउनुपर्दैन, सजिलै जित्न सकिन्छ” भन्ने सन्देश दिदै उनीहरु घर फर्किएको डा. थापाले बताए ।

यसअघि रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा निको भएर घर गइसकेको थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ