नारायणी अस्पतालबाट कोभिड–१९का ९ जना संक्रमित निको भएर घर फर्किए

नारायणी अस्पतालबाट कोभिड–१९का ९ जना संक्रमित निको भएर घर फर्किए

  • शनिबार, जेष्ठ १०, २०७७
  • दिपक चौरसिया

  • 13.6K
    SHARES

पर्सा १० जेठ । कोभिड–१९ पुष्टि भईसके पछि वीरगंजको नारायणी अस्पतालको आइसोलेसनमा उपचार गराइ रहेका ९ जना निको भई घर फर्केका छन् । दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि आज साँझ ८ जना नेपाली र एक जना भातीय गरी ९ जना डिस्चार्ज भएका हुन् ।

नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहका अनुसार डिस्चार्ज हुनेमा पर्साको वीरगंजका तीन, बाराका दुई, रौतहटका तीन र एक भारतीय नागरिक रहेका छन् । लगातार दोश्रो रिपोर्ट नेगेटिभ आएका उनीहरुलाई डिस्चार्ज गरिएको डा. सिंहले बताए ।

आज डिस्चार्ज हुनेमा पर्सा जिल्लाको वीरगंज महानगरपालिका–३ घर भइ वीरगंज महानगरपालिकाको सरफाइकर्मी ५० वर्षीय, वडा नम्बर १६ घुसुकपुरका ५१ वर्षीय र वडा नम्बर २ का ५० वर्षीय पुरुष छन् ।

त्यसैगरी डिस्चार्ज हुनेमा बाराका दुईजना मध्ये जितपुर सिमरा उपमहानगरपालिका–७ का ४३ वर्षीय र बाराकै सिम्रौनगढ नगरपालिका ४ का ३१ वर्षीय, रौतहटको गुजरा नगरपालिका–५ का ३५ वर्षीय र बिन्दाबन नगरपालिका ९ का २४ वर्षीय पुरुषलाई पनि शनिबार डिस्चार्ज गरिएको डा. सिंहले बताए । यसैगरी वैशाख १४ मा निको भइ अस्पतालबाट डिस्चार्ज गरेर पठाए पनि फेरि एक हप्तापछि संक्रमण देखिएर अस्पतालमा ल्याएर राखिएका दुई जनालाई पनि शनिबार डिस्चार्ज गरिएको छ ।

रौतहटको इशनाथ नगरपालिकाका १९ वर्षीय युवक र १ भारतीयलाई निको भएको भन्दै नारायणी अस्पतालले यसअघि पहिलो पटक वैशाख १४ गते डिस्चार्ज गरेको थियो ।

अस्पतालबाट डिस्चार्ज भएको एक हप्ता बित्न नपाउदै ती दुवै जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि वैशाख २१ गते फेरि अस्पताल भर्ना गरिएकालाई आज डिस्चार्ज गरिएको हो । चिकित्सक सिंहका अनुसार शनिबार डिस्चार्ज भएका ९ मध्ये ८ नेपालीलाई एम्बुलेन्समा राखेर घर पठाइएको छ ।

भारतीय नागरिकलाई भने नेपाल भारत सीमा नाका बन्द रहेकाले वीरगंज–३ छपकैयाको एक घरमा राखिएको छ । अब वीरगंजको आइसोलेसनमा अब ८७ कोरोना संक्रमित उपचाररत रहेको अस्पतालले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ