अहिले दिउसो मात्रै भेटिए देशभर ३६ जना कोरोना संक्रमित, कुल ५ सय ८४

अहिले दिउसो मात्रै भेटिए देशभर ३६ जना कोरोना संक्रमित, कुल ५ सय ८४

  • शनिबार, जेष्ठ १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाण्डौं जेष्ठ १० । नेपालमा निरन्तर कोरोना संक्रमण बढीरहेको छ । आज दिउसो मात्रै देशका विभिन्न जिल्लामा गरी कुल ३६ जना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सबैभन्दा धेरै बाँकेको नरैनापुरका २७ जना कोरोना सङ्क्रमित भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५८४ पुगेको छ । यस मध्य पुरुष ५ सय ३ जना र महिला ७८ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार बाँकेमा २७, बैतडीमा चार, सुर्खेतमा तीन, बर्दिया र झापामा एक-एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बैतडीको शिवनाथ गाउँपालिका, बर्दियाको बढैयाताल गाउँपालिका, झापाको झापा गाउँपालिकामा सङ्क्रमित भेटिएका हुन् । यस्तै सुर्खेतको सुर्खेत अस्पतालमा गरिएको परीक्षणमा थप तीन जनामा सक्रमण भएको पुष्टि भएको हो ।

हालसम्म कूल ४० जिल्लामा कोरोना सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार प्रदेश नं १ मा ८६, प्रदेश नं २ मा १७२, वाग्मती प्रदेशमा ३२ जना सङ्क्रमित भएका छन् । यस्तै गण्डकी प्रदेशमा पाँच, प्रदेश नं ५ मा २७१, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा १४ जना सङ्क्रमित भएका छन् ।

हाल सम्म ४० जिल्लामा कोरोना फैलिसकेको छ ।

यसै गरी अहिले सम्म ३ जनाको मृत्यु भएको छ भने ७० जना निको भएर फर्किएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ