नेपालबिरुद्ध भ्रामक प्रचार गर्ने भारतीय मिडियाको लोगो र मोदीको पुत्ला जलाए युवा विद्यार्थीले (भिडियो)

नेपालबिरुद्ध भ्रामक प्रचार गर्ने भारतीय मिडियाको लोगो र मोदीको पुत्ला जलाए युवा विद्यार्थीले (भिडियो)

  • शनिबार, जेष्ठ १०, २०७७
  • डम्मर राज भट्ट

  • 27.1K
    SHARES

कञ्चनपुर जेठ , १० । नेपालको भूमिमा सडक खनेर, सेना राखेर , नेपालीलाई दुखः दिएर उल्टै नेपाल विरुद्ध भ्रामक प्रचार गर्ने भारतीय मिडियाप्रति आक्रोसीत युवाहरुले कन्चनपुरमा ती मिडियाका लोगो र मोदीको पुत्ला जलाएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको महामारीको बेलामा भारतीय पक्ष बाट नेपाली भुमि अतिक्रमण गरेको र भारतीय मिडियाले गरेको गलत प्रचारबाजी विरुद्धमा अजयमेरु गाउँपालिका वडा नम्बर २ मा प्रधानमन्त्री नरेन्द्र मोदिको पुत्ला दहन गरिएको छ।

अनेरास्ववियु डडेल्धुरा कार्यालयका सदस्य चन्द्र सिह ऎरको नेतृत्वमा शुक्रबार साझ ७ बजे एक कार्यक्रमका बिच भारतिय मिडियाको अफिसियल लोगो जलाउनुका साथै लिपुलेक कालापानी लिम्पियाधुरा हाम्रो हो भारतीय विस्तारवाद मुर्दावाद कथित भारतिय मिडिया मुर्दावाद भन्ने लगायतका नारावाजी गरिएको सदस्य ऎरले जानकारी दिएका छन् ।
उनका अनुसार सार्वजनिक विदा बाहेकका दिन हेरि अजयमेरू गाउँपालिकाका सरकारी कार्यालयमा नेपालको नयाँ नक्सा टास्ने कार्यक्रम गरिने बताएका छन् ।

अनेरास्ववियु डडेल्धुराका पुर्व अधक्ष्य दिपक भट्ट (रोसन) अनेरास्ववियू डडेल्धुरा कार्यालय सदस्य चन्द्र सिह ऐर , हरि दत्त भट्ट, हिमाल ऐर, नरेस ऐर ,बिजय बोहरा ,खडक बोहरा ,गोविन्द बोहरा र पदम भट्ट लगाएतका यूवाहरूको सहभागिता रहेको थियो ।

भिडियो हेर्नुस्ः

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ