जेष्ठ ९ काठमाण्डौं । कालापानी, लिपुलेक, लिम्पियाधुरामा नेपालको जमिन भारतले कब्जा गरे पछि उत्पन्न बिबादका बीच नेपाल सरकारले भारतमा हालै आएको अंपुन चक्रवातका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुस्ख व्यक्त गरेको छ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले चक्रवातका कारण पश्चिम बंगाल र उडिसा राज्यमा ज्यान गुमाउनेहरूका परिवार र भारत सरकारप्रति समवेदना प्रकट गरेको हो।
पूर्वी भारत र बंगलादेशमा बुधबार दिउँसोदेखि आएको चक्रवातले ८० बढी मानिसको मृत्यु भएको छ।
नेपालले उक्त चक्रवातका कारण बंगलादेशमा भएको जनधनको क्षतिप्रति पनि दुस्ख व्यक्त गरेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline