काठमाडौ, ९ जेठ । शुक्रवार दिउँसो मात्रै नयाँ २० जना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पताल र भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १९ जनामा संक्रमण पुष्टि भएको हो।
सेति प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा कैलाली जील्लाका तीन जना पुरुषमा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
सरस्वती मावि क्वारेन्टाईन जानकारी गाउपालिका कैलालीका १९, २३ र २६ बर्षका पुरुषमा संक्रमण देखिएको हो । त्यसैगरी डडेल्धुराका १ जना २८ बर्षिय पुरुषमा संक्रमण देखिएको छ । डडेल्धृुरा अस्पतालबाट नमुना परिक्षणका लागी पठाईएकोमा पर्शुराम १० डडेल्धुराका युवाको रिपोर्ट पोजेटिभ आएको हो ।
उता, बैतडि जिल्ला शिवनाथ १ का २२ बर्षिय पुरुषमा संक्रमण देखिएको छ । बैतडि अस्पतालबाट नमुना संकलन गरि सेती प्रादेशि अस्पतालमा पठाईउकोमा रिपोर्ट पोजीटिभ आएको हो ।
त्यसैगरी बाँकेका १४ जनामा संक्रमण देखिएको हो । भेरी अस्पतालको प्रयोगशालामा परिक्षण गरिएकोमा १४ जनामा संक्रमण देखिएको हो । संक्रमितहरुमा १८ देखि ६१ बर्षसम्मका पुरुष रहेका छन् । १ जना राप्तीसोनारीका र बाकीँ १३ जना नरैनापुरका छन् । उता, मोरङ रतुवामाई का पुरुष १ जनामा पनि संक्रमण भेटिएको छ ।
यो सँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५०७ पुगेको छ। संक्रमितमध्ये पुरुष ४३३ र महिला ७४ छन्। संक्रमितहरुको कन्ट्याक टेसिङको काम भईरहेको छ ।
तीन जनाको भने मृत्यु भइसकेको छ। भने अहिलेसम्म देशभरबाट ७० जना भने डिस्चार्ज भएका छन्।
हालसम्म ४० जिल्लामा संक्रमण फैलीएको छ । हालसम्म देशभर ४३९ जना रेड जोनमा छन् ।
प्रदेश १ मा ८५ जना, २ मा १५१ जना, बागमती प्रदेशमा २८, गण्डकी प्रदेशमा ५, प्रदेश ५ मा २२७, कर्णाली प्रदेशमा १, सुदुरपश्चिम प्रदेशमा १० गरि कुल ५०७ जना संक्रमित रहेका छन् ।