राहुल गुप्ता, नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले घरेलु राजनीतिमा हजारौँ विमती भएपनि राष्ट्रीयताको सवालमा आफू र आफ्नो पार्टी सधै सरकार र प्रधानमंन्त्रीको साथमा रहेको बताएका छन्।
टीव्टमा उनले लेखका छन्, ुघरेलु राजनीतिमा सरकार र प्रधानमंन्त्रीसँग हजारौँ विमति होलन् तर राष्ट्रीय स्वाधीनताको रक्षाको मामलामा हामी सरकारसँगै छौँ। सरकारले डटेर अडान लिनैपर्छ, हामी साथी छौँ। केही भारतीय मिडियाको सनसनीपूर्ण शैली खेदजनक छ। मिडियाले पत्रकारिता सिक्नै बाँकी रहेको हशय टिठलाग्दो हुनेरहेछ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका पौडेले सामाजिक सञ्ञाल टीटरमाफॅर आफ्नो प्रतिक्रिया दिदै राष्ट्रीय स्वाधीनताको रक्षाको लागि सरकारले डटेर अडान लिनु पर्ने पनि बताए ।
उनले राष्ट्रीय स्वाधीनताको रक्षाको लागि सधै सरकारको साथमा रहेको उल्लेख गरे। केही भारतीय मिडियाले नेपालले सार्वजनिक गरेको नयाँ नक्साको बिषयलाई लिएर सनसनीपूर्ण शैली देखिएको भन्दै उनले त्यसप्रति खेद प्रकट गरेका छन्।