एक हिशाबले गरीबलाई कम्युनिष्टहरु सर्बहारा भन्ने गर्दछन् । जसको अर्थ उसगँ सम्पत्तिको नाममा श्रम बाहेक केही हुदैन । ती गरीब सर्बहारा जे भनिए पनि आर्थिक अभाव भएका कारणले नै स्वास्थय, शिक्षा, राजनीति सबै क्षेत्रमा पहुँच कम हुने गर्दछ । भोक र रोगले पनि उनीहरुकै बढी मृत्यु हुने गर्दछ ।
तर यस महामारीमा कोरोना भाईरसले गरीब धनी छुट्याएको छैन । विभेद गरिएको छैन भन्ने विश्भर चर्चा भईरहेको छ ।
तर सर्वेक्षणहरुले कोरोनाले गरीब र पिछडिएका मान्छे नै धेरै मारिएको देखाएको छ ।
अमेरीका जस्तो धनी र समृद्ध भनिएको देशमा पनि गरीब, कम आय भएका र नस्लका हिशाबले काला मान्छेहरु बढी मारिएको त्याहाँको स्वास्थ्य विभागले उल्लेख गरेको छ ।
सो विभागका अनुसार गरीबहरु बस्ने ईलाकामा प्रति एक लाख २ सय ३२ जनाको मृत्यु भएको छ भने धनी बस्ने शहर वा ईलाकामा एक सय जना मात्रै छन् ।
संक्रमितको हकमा पनि लगभग दुई गुणाले धनी र गरीबमा अन्तर रहेको देखिएको छ ।
न्यूयोर्कको विभागले जारी गरेको रिपोर्ट अनुसार ब्रुकलिनमा यो अन्तर सबै भन्दा बढी देखा परेको उल्लेख गरेको छ । साथै त्यस क्षेत्रमा सबै भन्दा बढी ल्याटीन अमेरीकी मुलका मानिसहरुको मृत्यु भएको छ । यस्तै अस्वेतहरुको बढी मृत्यु भएको पनि बिभागले उल्लेख गरेको छ ।
अमेरीकाको सबै भन्दा बढी संक्रमण र मृत्यु भएको क्षेत्र ब्रुकलिनको स्प्रीगं क्रिक टावरमा बढी संक्रमण र मृत्यु भएको छ । त्याहाँ प्रति एक लाख ६ सय १२ जनाको मृत्यु भएको छ । क्वीसमा ४ सय ४५ र ब्रोक्समा ४ सय २९ छ । यो क्षेत्रहरुमा धेरै मध्यम वा कम आय भएका अस्वेत र ल्याटीन अमेरीकी मुलका नागरिक बस्दछन् । जब कि म्याह्याटनमा यो दर निकै कम देखिन्छ । म्यान हटनमा औसत आमदानी ६ अंकमा रहेको विभागको विवरणमा उल्लेख छ ।
हाम्रो देशमा पनि अत्याधिक संक्रमित भारतबाट मजदुरी गरेर फर्किएका, ग्रामिण ईलाकाका किशान या मजदुर बढी रहेको देखिएको छ ।
यद्यपि, कोरोनाले विश्वका विभिन्न नेता, सांसद, मन्त्री संक्रमित भने भएका छन् कतिपयको मृत्यु समेत भएको छ ।
तर कोरोनाका कारण संक्रमित पनि गरीब मजदुर धेरै हुने लकडाउन र रोजगारीको अभावले भोकले पनि गरीब नै बढी मर्ने स्थिति देखिएको छ ।