आलमको घरमा छापा मार्न गएका प्रहरीलाई सयौँ गाउलेले घेरे पछि १२ राउण्ड हवाई फायर

आलमको घरमा छापा मार्न गएका प्रहरीलाई सयौँ गाउलेले घेरे पछि १२ राउण्ड हवाई फायर

  • शुक्रबार, जेष्ठ ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

जेष्ठ ९ कामाण्डौ । बम विष्फोटमा घाईते भएकालाई ईटाभट्टामा जिउदै जलाएर हत्या गरेको अभियोगमा फरार रहेका पूर्व मन्त्री मोहम्मद अफ्ताव आलमको घरमा छापा मार्न मध्य रघ गएको प्रहरीलाई उल्टै गाँउलेले घेरा हाले पछि प्रहरीले भीडलाई पछि हटाउन १२ राउण्ड हवाई फायर गरेको छ ।

पूर्व मन्त्री आलम जेलमा रहे पनि उनका भाई महताब आलम फरार रहेकाले उनी आएको सूचना पाए पछि प्रहरी त्याहाँ राति पुगेको थियो । तर उनलाई फेला पार्न भने सकेन ।
प्रदेश प्रहरीको टोलीले छापा मारेको थियो । आलमको घरमा थुप्रै गेट रहेको र त्यसलाई फुटाउदै अघि बढ्ने क्रममा गाँउलेले तोडफोड भएको अनुमानका आधारमा मदरसाबाट माईकिगं गरी बोलाईए पछि सयौको संख्यामा गाँउले भेला भएका थिए । त्यो एरिया ठूलो मुस्लिम समुदायको बसोबास रहेको क्षेत्र हो ।

त्यहाँ मुस्लिम समुदायको घना बस्ती छ । राति तनावग्रस्त भए पनि अहिले स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राजपुर, फरहदवास्थित पूर्वमन्त्री सेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो । पूर्वमन्त्री आलममाथि उक्त घटनाका मृतक र घाइतेलाई चिम्नीभट्टीमा हालेर जलाएको आरोप छ । आलमलाई २०७६ असोज २६ गते पक्राउ गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ