काठमाडाैं, ९ जेठ । शुक्रबार बिहानै थप ३० जना काेारेना संक्रमित थपिएका छन् । काठमाडाैंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, भरतपुर अस्पताल चितवनमा गरिएको परिक्षणमा थप ३० जनामा कोारेना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।
नयाँ संक्रमितहरूमा सर्लाहिमा १५ जना, कपिलवस्तुमा ८ बर्षिया बालिकासहित ९ जना, नवलपरासीमा ४ जना, चितवनमा ७४ र ७३ बर्षका दुई रहेका छन् । यी सबै संक्रमितकाे उमेर ८ देखि ७४ बर्षसम्म रहेकेा छ । याे सँगै नेपालमा संक्रमितकाे संख्या ४८७ पुगेकेा छ ।
अधिकारीका अनुसार शुक्रवार भेटिएका संक्रमितमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका-६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका-६ केसरबाघ, चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला, नवलपरासी, सुस्ता गाउँपालिका-५ र रामग्राम न.पा.-३, १८ निवासी ३३, ३५ वर्षीय पुरुषहरू, १५ वर्षीया युवती संक्रमित भएका हुन्।
त्यसैगरी कपिलवस्तु बाणगंगा न.पा., मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुषहरू र ८ वर्षीय बालिका, सर्लाही, गोडैता न.पा.- ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका-७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुषहरू र १८ वर्षीया युवती रहेको अधिकारीले विज्ञप्तिमार्फत जानकारी दिए छन्।
उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेकेा र स्वास्थ्यकर्मीको सम्पर्कमा पुगेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कोरोनाबाट ३ जनाको मृत्यु भइसकेकेा छ । मृत्यु हुनेमा सिन्धुपाल्चाेकक एक महिला, गुल्मिका एक पुरूष र बाँकेका एक पुरूष रहेका छन् ।
यस्तै हालसम्म ४९ जना संक्रमित उपचारपछि निकाे भएर घर फर्किसकेका छन् भने शुक्रबार बाँकेकाे नेपालगन्जका पहिलाे संक्रमितसहित २१ जना निकाे भएर डिस्चार्ज हुँदै छन् ।
