अहिले साझ बाँके र कपिलवस्तुमा थप तीन जनामा कोरोना पुष्टि

अहिले साझ बाँके र कपिलवस्तुमा थप तीन जनामा कोरोना पुष्टि

  • बिहिबार, जेष्ठ ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाडौं, ८ जेठ । बाँके र कपिलवस्तुमा बिहीबार साँझ थप तीन जनामा कोरोना पुष्टि भएको छ।
साँझ भेरी अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा नयाँ तीन जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए ।
उनका अनुसार योसँगै संक्रमितको संख्या ४५७ पुगेको छ।

कोरोना पुष्टि हुने बाँके नरैनापुर ३ का ३२ वर्षीय पुरुष, खजुरा–३ की ४२ वर्षीया महिला र कपिलवस्तु सुद्दोधन गाउँपालिकाका १९ वर्षीय पुरुष छन्।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ। यसअघि बिहीबार बिहानै १७ र दिउँसो ९ गरेर २७ जनामा कोरोना पुष्टि भएको थियो। योसँगै बिहीबार मात्र २९ जनामा कोरोना पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुग्दा कोरोनाकै कारण तीन जनाको मृत्यु भइसकेको छ। ४९ जनाले भने निको भएर घर फर्किएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ