जेष्ठ ८ काठमाण्डौं । मेरी बच्ची म तिमीसगँ बहस गर्न सक्दिन,मैले जहिले पनि तिमीलाई मेरो छोरीको रुपमा व्यवहार गरेको छु । भारतीय पूर्व विदेश मन्त्री सुष्मा स्वराजका पति कौशल स्वराजले पटक पटक ट्वीट गन्ै क्रममा यसरी उल्लेख गरेका छन् । उनले मनीषाले ट्वीटरमा लेखेको बिषयमा कुनै बहस नगरी बच्चै हुदा काममा बासुरी थियो भन्ने देखि बिपी कोईराला प्रकाश कोईराला र सुष्ष्मा कोईरालासगँको पारीवारीक सम्बन्ध , उनीहरुको जेल जीवन जस्ता बिषय सम्झाउन खोजेका छन् ।
मनीषाका बुवा प्रकाश आफ्नो साथी र भाई जस्तो र भएको र मनीषाकी आमा सुष्मा पनि भाउजु र असल साथीको रुपमा रहेको भन्दै कैयौ दुखःलाई मिलेर सामना गरेको बताएका छन् ।
साथै कौशलले एम्स अस्पतालमा जब बिपी कोईरालालाई क्यान्सर भएको पुष्टी भयो , म उनकै साथमा थिए , मलाई याद छ , बिपिले भनेका थिए , यो क्यान्सरको अन्तिम स्टेज हो म सगँ बाँच्नका लागि केबल ६ महिना बाँकी छ । त्यसबेला मैले उनको अनुहारमा कुनै निराशा देखेको थिईन । उनले लेखेका छन ।
हामी लोकतन्त्रको आन्दोलनमा तपाईको साथमा थियौँ । जब राजासगँ तपाईहरुक्को सम्झौता भयो , हामीलाई केही चाहिएको थिएन ।

भारतीयहरुलाई थाहा हुनु पर्छ कि दुनियाको एक मात्र हिन्दु राष्ट्र समाप्त पार्ने षड्यन्त्र भईरहेको थियो । त्यही षड्यन्त्र गर्नेहरु माओवादीसगँ मिलेका थिए । एक मात्र हिन्दु राष्ट्र उनीहरुले सके र मिसन पुरा भएको थियो ।
यसको परिणाम के भयो भने कम्युनिष्टहरुले चीनलाई भारत विरुद्ध प्रयोग गरेको जिकिर पनि कौशलले गरेका छन् । पारम्परीक रुपमा हिमालयसम्म जाने भारत चीन सीमा अब बीरगञ्ज सम्म छ भन्ने दाबी गरेका छन् ।
नेपाल र भारतको बीचमा असहमति हुन सक्छ, भारत नेपालको गंभीर मुद्धा हुन सक्छ तर तिमीले चीनलाई बीचमा ल्याउन सक्र्छौ ? यो हाम्रो लागि खराब हो र नेपालको लागि पनि राम्रो हैन, कौशलले भनेका छन् ।
जब तिमी चीनलाई बीचमा ल्याउछौ , त्यसले हाम्रो परम्परागत विरासतको समाप्त गर्ने छ । कौशलले लेखेका छन् ।
यस बाहेक थुप्रै भारतीयले मनिषाको आलोचना गर्दै ट्वीट गरीरहेका छन् ।

यता नेपालमा भने मनिषा सामाजिक सञ्जालमा ब्यापक जनसमर्थन सहित ट्रेन्डिगंमा रहेकी छन् ।
उनले ३० बर्ष बलिउड क्षेत्रमा काम गरेकाले भारतीयहरु भारत विरोधी हुन नसक्ने ठान्दै आएका थिए ।
बलिउड फिल्म क्षेत्रमा काम गरेर हाल नेपालमा रहेकी मनीषा कोईरालाको एक ट्वीटले दिल्लीमा अहिले पनि हंगामा जारी छ । मनीषाको बिरुद्ध भारतीय मिडियाहरुले सुगाको पारामा भारतको दाना खाते हे और चीनको गाना गाते है भनेर तुच्छ टिप्पणी समेत गरीसके पछि भारतीय मिडियाको बिरोध भईरहेको छ नेपालमा ।
नेपालमा पनि सामाजिक सञ्जालभरी मनीषाको पक्षमा ब्यापक सामाग्रीहरु पोष्ट भईरहेका छन् । कतिपय त संगठनले विज्ञप्ति समेत निकालेका छन् ।
मनीषा कोईराला स्वर्गीय नेता विपी कोईरालाकी नातिनी एवं प्रकाश कोईरालाकी छोरी हुन् । पछि भारत लामो समय बसे पछि मनिषाले उतैबाट बलिउड फिल्म खेलेकाले उनलाई भारतीयहरुले भारतको बिरुद्ध मनीषा बोल्दिनन् भन्ने ठानेका थिए ।
तर केही दिन अघि नेपालले नक्सा सार्वजनिक गर्ने सरकारको निर्णय पछि परराष्ट्रमन्त्रीको एउटा ट्रवीटमा रिएक्ट गर्दै कोईरालाले नक्साको पक्षमा समर्थन जनाए पछि नै भारतीय मिडियाहरुले बिष बमन शुरु गरेका थिए ।