झापामा थप ८ र रुपन्देहीका एक जनामा कोरोना संक्रमण पुष्टि, देशभर ४५३ पुग्यो

झापामा थप ८ र रुपन्देहीका एक जनामा कोरोना संक्रमण पुष्टि, देशभर ४५३ पुग्यो

  • बिहिबार, जेष्ठ ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

काठमाडौं, ८ जेठ । झापामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । बिहिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिउँसो झापाका आठ र रुपन्देहीका एकसहित ९ जनामा कोरोना पोजिटिभ पुष्टि भएको जानकारी दिए ।

देवकोटाका अनुसार झापा कचनाकवल गाउँपालिकाको लक्ष्मी देवकोटा माविको क्वारेन्टाइनमा बसेका व्यक्ति मा संक्रमण भेटिएको हाे । झापाका संक्रमित सबै आठैजना पुरुष रहेका छन् ।

यस्तै श्रीलंकन गेस्ट हाउस क्वारेन्टाइन लुम्बिनीमा रहेका २७ बर्षिया पुरूषमा संक्रमण भेटिएकाे छ।

बिहीबार बिहान मात्र १७ जनामा कोरोना पुष्टि भएको थियो ।  बिहीबार बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित पुष्टि भएको थियो ।

उनीहरुसमेत  झापा, कचनकवल गाउँपालिका-३, ६, ८ निवासी १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र  ४६ वर्षीय १५ जना पुरुष हुन् । त्यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष, सुनसरी र धरान उप-महानगरपालिका निवासी ५१ वर्षीया महिला थिए ।उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ। उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा पुगेको मन्त्रालयले जनाएको छ।  योसँगै  झापामात्र बिहीबार २४ जनामा काेराेना पाेजिटिभ पुष्टि भएको छ । बिहीबार कुल २७ जनाका काेराेना पुष्टि भएको मन्त्रालयले जनाएकाे छ ।

बिहीबार चारजना टेकु अस्पतालबाट डिस्चार्ज भएकाा छन् । प्रवक्ता देवकोटाका अनुसार २३ र २५ वर्षीया महिला, ३७ र २७ वर्षीय पुरुष ९ दिन लामो उपचारपछि डिस्चार्ज भएका हुन् ।

नेपालमा अहिलेसम्म पीसीआर विधिबाट ३८ हजार ७ सय ३६ र आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार चार सय १३ र आरडीटी विधिबाट तीन हजार ६ सय २३ जनाको परीक्षण गरिएको छ ।

बिहीबार नै कोरोना संक्रमणबाटगुल्मीका ४१ वर्षीया पुरुषको मृत्यु भएको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत उनको बिहीबार विहान ८ बजेर १० मिनेटमा मृत्यु भएको हो।  योसँगै नेपालमा कोरोनाले मृत्यु भएकाको संख्या तीन पुगेको छ ।

जेठ १ गते उपचारका लागि क्रिमसन अस्पतालमा आएका उनको दुई गते स्वाब संकलन गरिएको थियो। जेठ ५ गतेमात्रै उनका कोरोना पोजेटिभ देखिएको थियो । प्रदेश ५ मै दुई जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोककी एक महिलाकोसमेत मृत्यु भइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ