मिनेन्द्र रिजालको एक जवाफः जसले भारतीय पत्रकार नरम भए …

मिनेन्द्र रिजालको एक जवाफः जसले भारतीय पत्रकार नरम भए …

  • बिहिबार, जेष्ठ ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 20.9K
    SHARES

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले कब्जा गरेर बाटो बिस्तार गरे पछि त्यसको बिरोधमा चलिरहेको आन्दोलनकै बीच सरकारले नक्सा जारी गरे पछि भारतीय मिडिया छुच्चो तरीकाले नेपाल, नेपाली नेता र कलाकारको समेत बिरुद्ध खनिरहेका छन् ।
उनीहरुले नेपालकी मनीषा कोईराला देखि प्रधानमन्त्री केपी शर्मा ओली सम्मलाई नांगो रुपमा हमला गरीरहेका छन् ।
चाहे मनीषा कोईराला होस् वा केपी ओली उनीहरुमाथि खनिनु भनेको देशका बिरुद्ध नै हमला हो ।
मनीषा कोईरालाले बलिउड फिल्म खेलेर केही पारीश्रमिक लिएकी अवस्य छिन् तर भारतीय मिडियाले बुझ्नु पर्दछ कि नेपालको फिल्म उद्योगले भन्दा धेरै बलिउडले नेपालबाट पैसा कुम्ल्याएर लगेको छ ।
यसैमेसोमा  भारतीय पत्रकार अर्नब गोस्वामीले चीन एक्लीएको छ , नेपाल र भारतको राम्रो सम्बन्ध छ भनेर परिभाषा लाउदै द डिबेड कार्यक्रममा अचाक्ली टिप्पणीमुलक प्रश्न गरे पछि काँग्रेस नेता तथा पूर्व मन्त्री मिनेन्द्र रिजालले कडा जवाफ दिएका छन् । रिजालले बहसमा चीन र नेपालको सम्बन्धलाई लिएर जसरी भारतीय पत्रकारले आरोप लगाए रिजालले त्यसलाई ठाडै बिरोध गरे । चीनको बिरुद्ध बोल्न लगाउने मनशाय बनाएका पत्रकार गोस्वामीलाई ‘कोसँग मित्रता राख्ने र कोसँग नराख्ने भन्ने हामी निर्णय गर्छौँ, तपाईँले आफ्नो कुरा हामीलाई भन्न नलगाउनूस् ।’ भने पछि गोस्वामीले मैले नरम रुपमै प्रश्न गरीरहेको छु तपाई अलि रिसाउनु भयो भन्ने आशयमा फेरी सोध्ने प्रयास गरेका थिए । उनी घुमाई फिराई चीनको बिरोध गर्न लगाउने मनशायमा देखिन्थे ।
भारतीय पत्रकारहरुले नेपालले उठाएको मुद्धालाई चीनसगँ जोडेर हमला गर्दै आएका छन् ।
जब कि, नेता रिजालले सीमाको विषयलाई ‘डाइभर्ट‘ गर्न खोजिएको भन्दै नेपाल सरकारले नक्सा सार्वजनिक गरेको निर्णयलाई खुलेर प्रशंसा गरे । पत्रकार अर्नव, भारतीय नेता तथा वुद्धिजीवीले उठाएका प्रश्नको जवाफ दिँदै उनले भारत नै लामो समयदेखि वार्ताको लागि तयार नरहेकोमा प्रतिप्रश्न गरेका थिए । रिजालले भारतीय मिडियाको एकपक्षीय आरोपबाट आफुहरु निराश भएको पनि प्रतिक्रिया दिएका थिए ।

र यस्तो तरिकाबाट समस्या समाधान नहुने बरु संवादका लागि तयार रहनुपर्ने सुझाव पनि दिए । भारतीय टेलिभिजन प्रस्तोता अर्नव पछिल्लो समय त्यहाँ सत्तारुढ दल भारतीय जनता पार्टी निकट तथा हिन्दुत्वको नाराको पक्षमा वकालत गर्ने पत्रकारको रुपमा चिनिन्छन् ।

मिनेन्द्र रिजालको यस अडान र प्रस्तुतीले अहिले नेपाली सामाजिक सञ्जालमा निकै प्रसंसा बनिरहेको छ ।
यस्तै मनीषा कोईरालाले पनि श्रम बेच्न सकिने तर स्वाभिमान बेच्न नसकिने भनी दिएको अभिव्यक्तिको प्रसंसा भईरहको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ