कोरोना संक्रमित गुल्मीका शिक्षकको मृत्यु, शब व्यवस्थापनको तयारी

कोरोना संक्रमित गुल्मीका शिक्षकको मृत्यु, शब व्यवस्थापनको तयारी

  • बिहिबार, जेष्ठ ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

जेष्ठ ८ वुटवल । गुल्मीका कोरोना संक्रमित ४१ वर्षीया शिक्षकको मृत्यु भएको छ। रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत उनको बिहीबार विहान ८ बजेर १० मिनेटमा मृत्यु भएको हो ।  मिर्मिरे अनलाइनसँग कुरा गर्दै मृत्युको औपचारीक जानकारी आएको सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिए ।
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले अहिले शब व्यवस्थापन कहाँ र कसरी गर्ने भन्ने बिषयमा परिवारसगँ पनि सम्पर्क भएको र जिल्ला प्रशासनको समन्वयनमा व्यवस्थापनका लागि तयारी भईरहेको जानकारी दिए ।
मन्त्री बरालले सरकारले तोकेको मापदण्ड बमोजिम सके सम्म नजिकै व्यवस्थापन गर्ने छलफल भएको बताए ।

विरामीको भेन्टिलेटरमा उपचार भइरहेको थियो। जेठ १ गते उपचारका लागि क्रिमसन अस्पतालमा आएका उनको दुई गते स्वाब संकलन गरिएको थियो। जेठ ५ गतेमात्रै उनका कोरोना पोजेटिभ देखिएको हो। भैरहवास्थित प्रयोगशालाले स्वाव परीक्षण गरेको थियो।

उनको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ। प्रदेश ५ मै दुई जनाको मृत्यु भएको छ।

उनको सम्पर्कमा आएका चिकित्सकसहित ३८ जनाको स्वांब संकलन गरेर कोरोना परीक्षण गरिदैछ । उनको अन्य व्यक्तिसंगको सम्पर्कको विषयमा अध्ययन भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ