अतिक्रमित भूमी फिर्ताकाे माग गर्दै नेपाली बिद्यार्थीले माेदिलाई पठाए रगतले लेखिएकाे पत्र(तस्बिर/भिडियाे)

अतिक्रमित भूमी फिर्ताकाे माग गर्दै नेपाली बिद्यार्थीले माेदिलाई पठाए रगतले लेखिएकाे पत्र(तस्बिर/भिडियाे)

  • बुधबार, जेष्ठ ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.8K
    SHARES

इलाम, ७ जेठ । नेपालकाे अतिक्रमित भूमी फिर्ता गर्न माग गर्दै सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू जिल्ला कमिटि इलामले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रगतले लेखिएको पत्र पठाएको छ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नेपालको नक्सा सार्वजनिक गरेकै दिन बुधवार अखिलका बिद्यार्थीहरूले रगतले पत्र लेखेर पठाएका हुन् ।

अनेरास्ववियूका ९ जना विद्यार्थी नेताहरुले नेपालको मिचिएको सिमा फिर्ताको माग गर्दै रगतले लेखेको पत्र इमेल मार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, नेपाल स्थित भारतीय राजदुतावास र अन्य कुटनैतिक नियोगमा पठाएका छन्।

कोरोना भाइरसका कारण रगतले लेखिएको पत्र तत्काल इमेल मात्र गरिएको अनेरास्ववियू इलामका जिल्ला सदस्य मिलन खत्रीले जानकारी दिए। ‘ प्रशासन मार्फत राजदुतलाई पठाउने तयारी गरिएको थियो । तर कोरोनाका कारण संक्रमणको खतरा महसुसपछि अहिले इमेल गरेका छौ । पछि सक्कल प्रति अनेरास्ववियू केन्द्रिय कमिटी मार्फत पठाउने छौ ।’ उनले भने ।

पत्र अनेरास्ववियूका केन्द्रिय सदस्य रविन्द्र सुवेदी, जिल्ला संयोजक प्रवेश पराजुली, जिल्ला कमिटि सदस्यहरु मिलन खत्री, नारायण श्रेष्ठ, डिकेन्द्र दाहाल, सचिन रायमाझी, सुशान्त चापागाई, मनिषा अधिकारी र अर्जुन योङहाङको रगतले लेखिएको हो ।

पत्र मोदीको इमेल narendramodi1234@gmail.com, भारतीय दुतावासको इमेल amb.kathmandu@mea.gov.in र भारतको परराष्ट्र मन्त्रालय एवम अन्य कुटनैतिक नियोगको इमेलमा पठाइएको खत्रीले जानकारी दिए ।

पत्रमा लेखिएको छ ‘ महामहिम श्री नरेन्द्र मोदी प्रधानमन्त्री भारत सरकार : प्रधानमन्त्री ज्यू हामी नेपाल र भारत बिचको सम्वन्ध अझै प्रगाढ होस भन्ने चाहन्छौ । तर भारतले पटक पटक नेपालको सिमा मिच्नु विस्तारवादी निति प्रष्ट हुन्छ । तर्सथ नेपालको भारतले मिचेका कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्त, महेशपुर, सन्दकपुर, पशुपतीनगर, लगायतका भु–भाग तत्काल फिर्ता गरियो । यो नेपाली युवाको तातो रगतले लेखीएको पत्र हो । आसा छ । तपाइ हिंसामा विश्वास गर्नुहुन्न् । ’

https://www.facebook.com/sirjanatimsina/videos/2396982443929990/

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ