भारतीय मिडिया नेपाल विरुद्ध आक्रामकः प्रधानमन्त्री ओलीदेखि मनीषा कोईराला सम्मको बिरोध!

भारतीय मिडिया नेपाल विरुद्ध आक्रामकः प्रधानमन्त्री ओलीदेखि मनीषा कोईराला सम्मको बिरोध!

  • बुधबार, जेष्ठ ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

काठमाण्डौं जेष्ठ ७ । उत्तेजनात्मक र आक्रामक समाचारहरु पस्कन सिपालु भारतीय मिडियाहरुले नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुराको मुद्धामा लिएको अडानदेखि कोरोना भाईरस सम्म जोडेर नेपालको उछितो काढ्न थालेका छन् । उनीहरुले आक्रमणको निशानामा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि नायिका मनीषा कोईराला सम्मलाई बनाएका छन् ।
शुरुमा मनीषा कोईरालाको एउटा ट्वीटलाई लिएर समाचार अन्तरवार्ता समेत प्रशारण गरेको भारतीय मिडियाले कोईरालालाई भारतको दाना पानी खाएर चीनको गीत गाएको सम्म आरोप लगाएका थिए ।
तर अहिले साझँ आजतक टेलिभिजन देखि नवभारत टाईम्स, अमर उजाला सहितका हिन्दी तथा अग्रेजी सञ्चार माध्यमले कोरोना भाईरसको प्रसारमा प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्ति र कालापानी लिपुलेकको बिषयमा समेत टिप्पणी गरेका छन् ।


आजतकले नेपालको प्रधानमन्त्रीले फेरी एक पटक बिष बमन गरेको भन्दै नेपालमा चीन र ईटाली भन्दा पनि खतरनाक भाईरस भारतबाट आएको भनेको बिषयमा टिप्पणी गरेको छ ।
भारतबाट अवैध रुपमा नेपाल आउनेहरुबाट भाईरस प्रसार भएको , भारतबाट आएको भाईरस कडा भएको जस्ता अभिव्यक्तिले भारतीय अधिकारी असन्तुष्ट बनेको र दुबै देशको सम्बन्ध थप तनाबमा परेको आजतकले लेखेको छ ।


यस्तै अमर उजालाको अनलाईन संस्करणले नेपालको प्रधानमन्त्रीको बोली बिग्रीयो, भने भारतबाट आएको भाईरस चीन र ईटालीको भन्दा घातक शीर्षकमा समाचार लेखेको छ भने लिपुलेकका बारेमा पुरानै राग अलापेको भनेर टिप्पणी गरेको छ ।
नवभारत टाईम्सले भारतको बिरोध पछि पनि नेपालले आफ्नो नयाँ राजनीतिक नक्सा जारी गरेको भन्दै परिस्थिति निकै गंभीर भएको उल्लेख गरेको छ ।
यस्तै टाईम्स अफ् ईन्डियाले विदेश मन्त्रालयको हवला दिदै नेपालले विस्तार गरेको नक्सा क्रित्रिम भएको र त्यो स्वीकार्य नहुने चेतावनी भारतले दिएको लेखेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ