राज्यबाट जनयुद्ध जनआन्दोलनमा वेपत्ता पारीएकाहरुलाई सार्वजनिक गर्न नेकपाको माग

राज्यबाट जनयुद्ध जनआन्दोलनमा वेपत्ता पारीएकाहरुलाई सार्वजनिक गर्न नेकपाको माग

  • बुधबार, जेष्ठ ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

जेष्ठ ७ काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले राणाकाल, पञ्चायतकाल, जनयुद्ध हुँदै जनआन्दोलनसम्म राज्यबाट बेपत्ता पारिएका नागरिकहरूको अवस्था सार्वजनिक गर्न माग गरेका छन् । साथै बेपत्ता पार्ने कार्यमा संलग्नहरुलाई कार्बाही गर्न माग गरेका छन् ।
प्रकाण्डले दसौँ बेपत्ता योद्धा दिवसका अवसरमा प्रेस विज्ञप्ति जारी गरी बेपत्ता योद्धाहरूको स्थिति शीघ्रातिशीघ्र सार्वजनिक गर्न र बेपत्ता पार्ने राष्ट्रिय अपराधीहरूलाई हदै दर्जाको कारबाही गर्न माग गर्दै सरकारले अपराधीहरूलाई कारबाही नगरे नेपाल कम्युनिस्ट पार्टी जनकारबाही गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

प्रकाण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज जेठ ७ गते महान् बेपत्ता योद्धा दिवस हो । यो १० औँ बेपत्ता दिवसका सन्दर्भमा १० बर्से महान् नेपाली जनयुद्धका सयौँ बेपत्ता योद्धाहरू, जहानियाँ राणाशासन र ३० बर्से पञ्चायती तानाशाही व्यवस्थाका विरुद्धको राजनीतिक आन्दोलनमा राज्यसञ्चालकहरूद्वारा बेपत्ता पारिनुभएका नेपाली आमाका सपूत सम्पूर्ण वीर बेपत्ता योद्धाहरूमा हाम्रो पार्टी क्रान्तिकारी अभिवादन टक्र्याउँछ । उहाँहरूप्रति गहिरो स्मरण र उच्च सम्मान व्यक्त गर्दछ । साथै उहाँहरूका परिवार र आफन्तजनहरूमा आत्मीय भावसहित उच्च सम्मान व्यक्त गर्दछ ।’
हेनुस् विज्ञप्तिः

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ