घर भित्रै सुतेको खाटमुनि गाडेको अवस्थामा भेटियो बाबुको शव, जेठो छोरा पक्राउ

घर भित्रै सुतेको खाटमुनि गाडेको अवस्थामा भेटियो बाबुको शव, जेठो छोरा पक्राउ

  • बुधबार, जेष्ठ ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 16K
    SHARES

विराटनगर, ७ जेठ । विराटनगर १४ का अन्दाजी ५५ बर्षिय बृद्धको शव आफ्नै घरभित्र फेला परेको छ । बुधवार साझ सत्यराम चौहानको शव उनी सुत्ने खाटमुनि गाडिएको अवस्थामा फेला परेको हो ।
शड्न थालेको अवस्थामा शव घर भित्रै चौहान सुत्ने खाटमुनि खाडलबाट निकालिएको जिल्ला प्रहरी कार्यलय मोरङका प्रमुख एसपि विश्व अधिकारीले जानकारी दिनुभयो । घटनापछि सत्यरामका जेठा छोरा रोहित चौहान पक्राउ परेका छन् ।

यसरी भेटियो गाडिएको अवस्थामा सत्यरामको शव
सत्यराम आफ्नो जेठो छोरा रोहित चौहान सँग बस्थे । तर विराटनगर ट्राफिक चौकमा बस्ने माइला छोराकोमा चार पाँच दिनको अन्तरालमा गईरहने गर्थे । माइलो छोरो नागेन्द्र बिहे गरेर श्रीमतीसहित डेरामा बस्थे । उनी माइलो छोरासँग खर्च लिन तथा भेटघाट गर्न जान्थे । तर पछिल्लो एक हप्तामा उनी आएनन् ।
प्रहरीका अनुसार बाबु ५/६ दिन बिराएर आउने र खर्च माग्ने गरेको तर पछिल्लो पटक नआएपछि माईला छोराले खोजी गरे । उनको मोबाईलमा फोन गर्दा उठेन । त्यसपछि आफै दाजुको घरमा पुगेर बाबुको खोजी गरे । तर दाईबाट बुबा अस्ती हिडेको जवाफ पाए । उनलाई चित्त नबुझेपछि बुबा सुत्ने कोठामा गएर हेरे तर बुबा थिएनन् ।चौहानको कर्कटपाता र काठले बनाएको एक तले घर छ ।

उनले बुबा सुत्ने खाट मुनि माटो खनिएको देखे । त्यसलगत्तै प्रहरीलाई खबर गरे । लगत्तै एसपि विश्व अधिकारीको नेतृत्वमा प्रहरीको टोली रोहितको घर झडियारी पुग्यो । प्रहरीले माटो निस्किएको ठाउँमा उत्खनन गर्यो तब बृद्ध सत्यमोहनको शव भेटियो ।
कोठाभित्र करिब तीन फिट गहिरो खाडल खनेर गाडिएको अवस्थामा शब बरामत गरेको एसपि अधिकारीले मिर्मिरे अनलाइनलाई जानकारी दिनुभयो । लगत्तै प्रहरीले जेठो छोरालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

हत्यापछि शव गाडिएको प्रहरीको आशंका छ । शव सड्न थालिसकेको अवस्थामा भेटिएको छ ।  प्रहरी घरमा पुग्दा जेठो छोरो रोहित भने घरमा थिएनन् । केहीबेरपछि आइपुगेका उनले आफू घरमै रहे पनि दिनभर काममा जाने र केही दिनदेखि बुवालाई आफूले समेत नदेखेको प्रहरीलाई बताएका थिए ।

प्रहरीले माइलो छोरो नागेन्द्रमाथि पनि सोधपुछ थालेको छ । मिर्मिरेसँग कुरा गर्दै एसपी अधिकारी शव एवं घटनास्थलको प्रकृतिका आधारमा चार/पाँच दिन अघि नै हत्या गरेर शव पुरेको जस्तो देखिने बताउनु भयाे । घर भित्रै खनेर गाडेको अवस्थामा भेटिएको चौहानको शव उत्खनन् गरेर प्रहरीले पोस्टमार्टमका लागि कोसी अस्पताल लगेको छ ।सत्यमोहनका कान्छो छोरा पनि ४ वर्षदेखि वेपत्ता रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ