भारतमा नेपालीको कहालिलाग्दो अवस्था, आफ्ना नागरिकप्रति सरकारको वेवास्ता ! (भिडियोसहित)

भारतमा नेपालीको कहालिलाग्दो अवस्था, आफ्ना नागरिकप्रति सरकारको वेवास्ता ! (भिडियोसहित)

  • बुधबार, जेष्ठ ७, २०७७
  • डम्मर राज भट्ट

  • 19.8K
    SHARES

कञ्चनपुर, ७ जेठ । कोरोना भाईरस (कोविड- १९ )रोकथाम तथा नियन्त्रणका लागि दक्षिण एसियाका (नेपाल भारत ) दुवै सरकारले दुई महिनादेखि लकडाउन गरेका छन् । लकडाउन गरिएको ५८ दिनसम्म आईपुग्दा पनि भारतमा रहेका नेपालीको महामारीका बेला महाविजोग भएको छ । खाना त परै जावस स्वच्छ पानीसमेत नपाएर भोक भोकै प्यासप्यासै नेपालीहरु कोही पैदलै आईरहेका छन, भने कोही आउनेक्रम जारी छ, केही भारतमै अलपत्र परेका छन् ।

सीमा क्षेत्रमा आईपुगेका नेपाली सहजै नेपाल प्रवेस गर्न नपाएपनि सकस वा कुनै घरमा चोरी गर्न जाँदैछु, प्रहरीले देख्लाकी भनेर डरै डरले प्रवेस गर्न विवस छन् । आफ्नै मातृभूमि प्रवेस गर्नका लागि समेत कयैन बाधा व्यवधान तोडेर आउनु परेको नेपालीका लागि यो ईतिहासमै पहिलो पटक भएको बिडम्बना हो ।

भारतको हरिद्वारमा मजदुरी गर्दै आएका सप्तरीका ईन्द्र बहादुर मगर भारतीय प्रहरीको अवरोध छिचोल्दै एक महिनामा नेपाल पुगेका छन् । भारतको उत्तराखण्ड प्रदेशको देहरादुन हरिद्वारमा कार्यरत ईन्द्र एक महिना अघि नै नेपाल हिडेका थिए, तर भारतीय प्रहरीको अवरोध छिचोल्दै गाउँ गाउँ भएर उनी ६ जेठ कञ्चनपुरको महाकाली नगरपालिका पुगे । उनी सहित दुई सय जनालाई भीमदत्त नगरपालिकाले उद्दार गरेर बैजनाथ माविको क्वारेन्टाईमा राखेको छ । जबकी महेन्द्रनगरदेखि हरिद्धारसम्म २ सय ९५ किलोमिटर दुरी छ । हरिद्वारदेखि गाडीमा महेन्द्रनगर पुग्न साढे सात घण्टा पैदल दुई दिन लाग्ने भएपनि ईन्द्रलाई एक महिना लागेको छ । उनी भारतीय प्रहरीको अवरोध छिचोल्दै, लुक्दै छिप्दै पैदलै मातृभूमि टेकेकोमा हर्षित भएका छन् ।

भारतको विभिन्न क्वारेन्टाईनमा रहेका नेपालीको समेत बेहाल भएको छ । कोरोना संक्रमण फैलिन नदिन क्वारेन्टाईनको अवधारणा ल्याएपनि भारतमा क्वारेन्टाईनमा रहेका नेपालीलाई कुनै सजाय दिन खाँदेर राखेका छन् । स्वदेश हिडेका ३ हजार नेपाली भारतको पलिया स्थित विभिन्न १० क्वारेन्टाईनमा रहेका छन् ।

जसमध्ये बलदेव बौद्धिक ईन्टर कलेजमा साढे ६ सय नेपाली राखिएका छन् । त्यहाँ पनि दैनिक खानपिन एव सुत्ने व्यवस्था राम्रो छैन् । पञ्चेश्वर गाउँपालिका ४ बैतडीका प्रकास चन्दले क्वारेन्टाईन हो, कि सजाय घर जस्तै दुख काट्नु परेको बताए । ‘खाना पनि बाहिरबाट ल्याएर दिन्छन, गुणस्तहिन हुन्छ, खाना खाने समयमा भिँडभाड हुन्छ, ‘उनले भने, ‘खाना मात्र नभई बेच्नमा सुत्छन्, ।’ केही बाहिर बस्ने र आउँदै गएका बसभित्रै बास भईरहेको उनले दुखेसो पोखे ।

क्वारेन्टाईनमा ठाँउ नभएपछि थप आएका बसमै राहत काट्न बाध्य भएको उनले बताए । ‘बसभित्र सुत्केरी, गर्भवती महिला र साना साना बालबालिका पनि छन, ‘उनले भने, ‘उनीहरुलाई बस्ने खाने समस्या भएको छ ।’ भारतीय क्वारेन्टाईनमा कोचाकोच गरेर बसेकाहरुमा झन संक्रमण फैलिने उनले चिन्ता व्यक्त गरे । बनबासा क्वारेन्टाईनमा ४५ दिन बसेका दैलेखका ३५ बर्षिया युवामा कोरोना संक्रमण देखिएको थियो । बैशाख ३० मा उनी सहित बनबासा र टनकपुर क्वारेन्टाईनमा रहेका २ सय ४२ जना नेपालीलाई भारतीय पक्षले सुटुक्क नेपाली भूमि भीनपा ९ ब्रम्हदेबमा ल्याएर छाडेको थियो ।

भारतको सुरत स्थित होटलका कार्यरत बेलडाँडी गाउँपालिका कञ्चनपुरका सुरेन्द्र देउवाले भारतमा नेपालीको जन्तु जनावर भन्दा बढी पीडा रहेको बताए ।‘यहाँ अहिले नेपालीको बिजोग भएको छ, ‘उनले भने, ‘नेपालीलाई मानिसको व्यवहार गरिएको छैन ।’ कतिपय नेपालीलाई घरपेटीले निकालिदिएको बताउदै उनले रोजगारीका क्षेत्र बन्द भएपछि बेहाल भएको दुखेसो पोखे । ‘रकम नहुँदा पैदलै आईरहेका छन, ‘उनले भने, ‘पैदलै आउने नेपालीमाथि भारतीय प्रहरीले डण्डा बजाईरहेका छन, लुकिछिपी नेपाल आउनुपर्ने बाध्यता छ, त्यहाँ पुगेपनि सरकारले नेपाल प्रवेस गर्न दिदैन, हामीले जताबाट पनि पीडितै पीडित भए ।’ गुजारा चलाउन भारत पसेको पीडा सुनाउदै उनले भारतमा नेपालीको हरिविजोग हुँदा समेत सरकारले कुनै पहल नगरेको दुखेसो पोखे । खटिमा क्षेत्रमा पुगेका केही नेपालीलाई भने भारत उत्तरप्रदेश काँग्रेस आईका महासचिव भुवन कपाडीले खाना खुवाउने काम गरेका छन् ।

उनले भारतमा अलपत्र परेका नेपालीको उद्दारका लागि माग अघि सारेका छन् । भारतको पलिया क्वारेन्टाईनमा रहेका बैतडी पञ्चेश्वर गाउँपालिका क्षेत्रका स्थानीय चार सय एकै गाउँपालिका छन् । उनीहरुको उद्दारका लागि पहल भईरहेको गाउँपालिका प्रमुख गोरख बहादुर चन्दले बताए ।

उनले भारतमा अलपत्र परेका नेपालीको उद्दार गर्न सम्बन्धीत सरकारी निकायसंग पहल भईरहेको बताए । लकडाउनकै बेला भारत सरकारले आफ्ना देशमा रहेका नेपाली नागरिकको पीडा सम्बोधन गर्नुको साटो धमाधम नेपाल पठाउँदा न नेपाल सरकारले वैज्ञानिक नाका विस्तार गर्न नसक्दा नेपाली लुकिछिपी नेपाल प्रवेस गर्दा त्यसले समेत चुनौति थपिदिएको छ । महाकाली नगरका प्रवक्ता दिल बहादुर सिजालीले भारतबाट आएकालाई व्यवस्थापन गर्न सकिने तर, लुकिछिपी आउँदा चुनौती थपिएको बताए । वैज्ञानिक नाका भएर नेपाल प्रवेस गराउने र उनीहरुलाई नाकाबाटै उच्च सुरक्षाका साथ स्वास्थ्य परीक्षण गरेर सम्बन्धीत तहमा बुझाउनुपर्ने बताए ।

‘चुनाव बेला भोटका लागि भारतमा हुँदा बोलाउने संकट पर्दा बिर्सिने’

भारतमा रहेका कतिपय नेपालीले समाजिक सञ्जालमा भिडियो बनाएर जनप्रतिनिधी, प्रदेश सरकार, संसद, सरकारप्रति कडा आक्र्रोस पोखिरहेका छन् । भारतमा रहेका नेपालीले सरकारले आफुहरुलाई नागरिकको रुपमा नहेरेको बताएका छन् ।

अपिसाईपाल नेपाली एकता समाज भारत सुभाव नगरका अध्यक्ष बासुदेव जोशी९बादल०ले भारतका कामगर्ने नेपालीलाई सरकारले दोस्रो दर्जाको नागरिकका रुपमा हेर्दा आफुहरु महासंकटमा पर्दा समेत कुनै पहल नभएको दुखेसो पोखे । ‘चुनाव बेला भोटका लागि भारतमा हुँदा बोलाउने संकट पर्दा बिर्सिने, ‘उनले भने, ‘यता जनप्रतिनिधीले हामीमाथि किन नहुन्थ्यो र विभेद ।’ उनका अनुसार दिल्लीभर झण्डै २७ हजार नेपाली रहेका छन् । ‘हजारौँको रोजगार गुमेको छ, ‘उनले भने, ‘कतिपयलाई घरपेटीले निकाला गरिदियो, केही सडकमै रात काट्छन् ।’ भोकभोकै अर्काको देशमा मर्नुभन्दा पैदलै घरतर्फपनि जाँदा देशप्रवेस गर्न नपाएको उनको दुखेसो छ ।’

चुनावका बेला हाम्रा घर दैलोमा पुगेर भोट माग्दै दैलो चहार्दै आउँने दल सरकारमा गएपछि हामी प्रदेशमा संकटमा परेका बेला सरकारले हाम्रो पीडा बुझेन, ‘उनले भने, ‘चुनावका बेला सम्झिने राजनीतिक दलले अहिले हामी विदेशमा मर्दा समेत कुनै पहल गरिदिएन् । ’दुताबासलाई भारतमा रहेका नेपालीको विजोगबारे पटक पटक अवगत गराउँदा समेत कुनै वास्ता नराखेको उनले बताए । हाम्रा नेपाली भारतमा खान नपाएर भोकभोकै मर्नुपर्ने अवस्था आएको छ, ‘उनले भने, ‘यसमा सरकारले न प्रवेस गर्न दिएको छ, न व्यवस्थापन गरेको छ ।’

उनले कुनैपनि नेता, सरकारले भारतमा रहेका नेपालीको विषयमा पहल समेत नगरेकाले चिन्तित भएको बताए । ‘चिनबाट धनीवर्गका नेपालीलाई हवाईजहाजबाट उद्दार गरेर ल्याउने सरकारले हामी आफै घर जाँदा पनि सीमा क्षेत्रमा प्रवेस गर्न दिएको छैन, ‘उनले भने, ‘हामीमाथि चरम विभेद भयो ।’ भारतमा अलपत्र परेका नागरिकको सुदूरपश्चिम प्रदेश कञ्चनपुरको भीमदत्त नगरपालिकाले उद्दार कार्य शुरु गरेको छ । अलपत्र परेका नेपाली नागरिकलाई सीमा क्षेत्रबाट उद्दार गरेर क्वारेन्टाईनमा राखिदै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ